खानेपानी सचिव ठाकुरका असन्तुष्टि नै असन्तुष्टि : शहरको पानी बाहिर जानुपर्नेमा नदीको पानी शहर पस्यो (भिडियो)


काठमाडौ : खानेपानी सचिव गजेन्द्र ठाकुरले खानेपानी तथा ढल व्यवस्थापन विभागको काम गराई प्रति असन्तुष्टि जनाउनुभएको छ । उहाँले भैरहवाको एउटा ढलको डिजाइनमा शहरको पानी बाहिर जानुपर्नेमा, खोलाको पनि शहर पस्ने गरी डिजाइन गरेको पाईएको बताउनुभयो ।

उहाँले खानेपानीको क्षेत्रमा ८८ प्रतिशत जनसंख्यामा आधारभूत खानेपानी सुविधा पुराउन सक्षम भएपनि ढल व्यवस्थापन क्षेत्रको प्रगति शून्य भएको बताउनुभयो ।


सचिव ठाकुरले थप के के भने ? हेर्नुहोस् भिडियो

https://www.youtube.com/watch?v=8ocZqeaWJbQ&feature=youtu.be

घरायसी तहको फोहोरपानीको राष्ट्रिय मापदण्ड सम्बन्धी कार्यशालामा सचिव ठाकुरले भन्नुभयो ‘हामीले खानेपानीको क्षेत्रमा विगत ४०/४५ बर्षमा गर्व गर्न लायकको काम गरेक पनि ढल व्यवस्थापनमा कामै गर्न सकेनौं । दक्षिण एसियाका देशहरुमा नेपालको जस्तो ढल व्यवस्थापन प्रणाली कहीं कतै छैन । हामीले ढल व्यवस्थापनमा केही गरेकै छैनौं ।’


उहाँले वातावरणीय इन्जिनियरिङमा स्नातकोत्तर गरेका इञ्जिनियरहरु २०० जना सम्म भएको विभाग खानेपानी तथा ढल व्यवस्थापन विभाग भएपनि इञ्जिनियरहरुको सोचाई ठीक नभएको बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार