सांसद कोमल वली राष्ट्रिय सरोकार समितिको बैठकमा किन झर्किइन् ?

काठमाडौ : संघीय संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा समिति सदस्य कोमल वलीले खानेपानी मन्त्रालयका सचिवको काम कारवाही प्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

केही समय अघि समितिको बैठकमा खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले ६० दिन भित्र मेलम्चीको पानी काठमाडौ आउँछ भन्ने अभिव्यक्ति स्मरण गर्दै झुटो किन बोलेको भनी प्रश्न गर्नुभयो । उहाँले खानेपानी आयोजनाको काम समयमै सम्पन्न गराउन कर्मचारी संयन्त्र लागि नपरेको आरोप लगाउनुभयो ।

पटक पटक गरिएको प्रतिवद्धता अनुसार आयोजनाको काम अघि बढ्न नसकेको भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभयो ।


उहाँले आफ्नो पदोन्नतिका लागि सरुवाका लागि तथ्य भन्दा फरक बोले पनि देश प्रति इमानदरिता देखाउने कि नदेखाउने भनेर प्रश्न गर्नुभयो ।


हेरौं यो भिडियो : 

https://www.youtube.com/watch?v=_eJotxOaLQQ&feature=youtu.be


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार