खानेपानी विभागलाई सचिव ठाकुरको निर्देशन (भिडियो)

काठमाडौ : खानेपानी सचिव गजेन्द्र कुमार ठाकुरले खानेपानी तथा ढल व्यवस्थापन विभाग पुराना ढर्रामा चलिरहेकाले विभागको काम गर्ने संरचनामा आमूल परिवर्तन गर्नुपर्ने बताउनुभएको छ ।

उहाँले विगतमा विभागले गर्दै आएको काम स्थानीय तथा प्रदेश सरकारलाई हस्तान्तरण गरी ढल व्यवस्थापनको कामलाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।


ढल व्यवस्थापनको कामका लागि पैसाको खाँचो नरहेको भन्दै उहाँले मन्त्रालयका लागि विनियोजित ८ अर्ब रकम मध्ये चालु आर्थिक बर्षको ६ महिनामा १ अर्ब रकम पनि खर्च नभएको बताउनुभयो । सचिव ठाकुरले थप के भन्नुभयो ? हेर्नुहोस् भिडियो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार