सुसन सापकोटा विज्ञान
चौरीदेउराली : चौरीदेउराली गाउँपालिका अध्यक्ष दिननाथ गौतमले गाउँपालिकाको एक घर एक धारा मिसनमा सहयोग गर्न गैर सरकारी सस्थाहरु संग आव्हान गर्नुभएको छ । ग्रामीण समाज कल्याण संघ (आर्सो) नेपालले आयोजना गरेको पालिका स्तरिय खानेपानी सुरक्षा योजना खानेपानी गुणस्तर तथा पुर्ण सरसफाइ सम्बन्धि तीन दिने तालिमको अवसरमा उहाँ सो कुरा बताउनुभयो ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै उहाँले धेरैजसो गैरसरकारी संघ सस्था शहर केन्द्रित हुने गरेको र कम मात्रा दुर्गम तिर जाने गरेको औल्याउँदै आर्सो नेपाल एकीकृत शहरी विकास केन्द्र र कारितास नेपाल मात्र यस गाउँपालिकामा आइपुगेको बताउनुभयो ।
सल्लाहको रुपमा लिनुहोस भन्दै उहाँले भन्नुभयो ‘तपाईं हरु काम गर्न आउनुभएको तीन वटै सस्थाले पहिला एउटा एउटा वार्ड लिनुहोस र त्यहाँ एक घर एक धाराको काम सम्पन्न गर्नुहोस । अनि मात्र अर्को वार्डमा जानुहोस अनि पालिकाको पुरै घरधुरीमा जानुहोस । सबैतिर हात हाल्ने अनि कतैतिर पनि सम्पन्न नगर्ने ल्होसे पारामा काम गर्ने हो भने अहिले नै जानुहोस। पालिका र संस्थाहरुको धारणा नमिलेको बअतष्यल यचष्भलतभम काम नभएको भन्दै गुनासो समेत गर्नुभयो ।
आफुले यस वर्ष खानेपानी वर्षको रुपमा घोषणा गरिसकेकोले यस मिसनमा सहयोग गर्न सबैमा अपिल समेत गर्नुभयो । गाउँपालिकाले यो वर्ष धेरै बजेट खानेपानीमा बिनियोजन गरेको स्मरण गराउदै उहाँले पालिकासँग प्राविधिकहरुको कमी रहेको बताउदै गाउँपालिकाको बजेट कार्यान्वयन गर्न प्राविधिक सहयोग गर्न पनि आग्रह गर्नुभयो ।
वाटर एड तथा एकीकृत शहरी विकास केन्द्रले मिटर सिस्टम सहित एक घर एक धारा कार्यक्रम ल्याएकोले आफुले २ वर्षभित्र प्रत्येक घरमा मिटर सिस्टम सहितको एक घर एक धारा पुर्याउने घोषणा गरेको बताउनुभयो । उहाँले अब वाटर एड एकीकृत शहरी विकास केन्द्रले आफुलाइ पुर्ण रुपमा सहयोग गर्नुपर्ने बताउनुभयो ।
गाउँपालिकाले संचालन गर्ने खानेपानी आयोजना कसरी सुरक्षित बनाउन सकिन्छ, खानेपानी गुणस्तर कसरी कायम गर्न सकिन्छ र अब पुर्ण सरसफाइका लागि पालिका स्तरमा के के काम गर्न सकिन्छ भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको आयोजक आर्सो नेपालले जनाएको छ ।


1236 पटक हेरिएको 

