करिब साढे एक करोड लागतमा खानेपानी ट्याङ्की निर्माण

🔗
0
Shares

हेटौँडा : स्वच्छ खानेपानीको हाहाकार भइरहेको भीमफेदी गाउँपालिकामा एक करोड २८ लाख रुपैयाँ लागतमा खानेपानी ट्याङ्की निर्माण कार्य शुरु गरिएको छ । गाउँपालिका अध्यक्ष हिदम लामाले आज शियान्यास ट्याङ्कीको शिलान्यास गर्नुभयो । ट्याङ्की निर्माणमा केयर नेपाल र गाउँपालिकाको संयुक्त लगानी रहेको छ ।

ट्याङ्कीको भण्डारण क्षमता एक लाख ५० हजार लिटर रहेको छ । ट्याङ्कीको निर्माणबाट साविक भीमफेदी बजार क्षेत्रका ४०० घरपरिवार तथा त्यहाँ रहेको क्षेत्रीय कारागारका कैदीलाई खानेपानी उपलब्ध हुने अध्यक्ष लामाले बताउनुभयो । कारागारमा ९०० कैदीबन्दी क्षमता छ । स्थानीयको श्रमदान सहित खानेपानी ट्याङ्की निर्माण भइरहेको छ ।

यसैबीच हेटौँडा उपमहानगरपालिकाको चौथो नगरसभा सम्पन्न भएको छ । उपमहानगरपलिकाको चालू आर्थिक वर्षको हालसम्म रु २२ करोड ६० लाख आम्दानी भएको उपप्रमुख मीना लामाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।

चालू आवको अन्त्य सम्ममा एक अर्ब ८७ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । उक्त रकम स्वीकृत रकम भन्दा १५ प्रतिशत बढी अर्थात २४ करोड ६२ लाख रुपैयाँ बढी हो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार