काठमाडौ : तपाई समुदाय सहजकर्ता भएर काम गरिरहनुभएको छ र अझ क्षमता अभिबृद्धि गर्न मन छ भने तपाईका लागि सुवर्ण अवसर छ । यस्तो अवसर वातावरण र जनस्वास्थ्य संस्था एन्फोले प्रदान गर्दैछ । भविश्यमा यही क्षेत्रमा काम गर्न चाहनेले समेत यो अवसर प्राप्त गर्न सक्नुहुन्छ ।
तालिममा क्षमता अभिबृद्धि गरिने बिषयहरु
– वासको क्षेत्रमा अभिमुखीकरण
– बैठक आयोजना गर्ने तरिका
– घरदैलोमै गएर वास सम्बन्धी तथ्यांकहरु संकलन तथा फैलाउने तरिका
– पूर्ण सरसफाइका लागि ट्रिगरिङ गर्ने विभिन्न टुल्सहरु
– वास IEC materials को सही प्रयोग गर्ने तरिका ।

तालिमका विशेषताहरु
– अनुभवी तथा विशेषज्ञ प्रशिक्षकहरुबाट प्रशिक्षण दिइने ।
– विभिन्न ट्रिगरिङ टुल्सको अभ्यास गरिने
– समुदायको घरघरै पुगेर प्रयोगात्मक विधिबाट तालिम दिइने ।
यही मे ६ देखि १० तारिखसम्म हुने तालिममा भाग लिन चाहनेले अनलाइन फारम समेत भर्न सक्नुहुनेछ । मौका आउँछ पर्खदैन । आजै अनलाइन फारम भर्नुहोस् । फारम भर्ने अन्तिम मिति अप्रिल ३० सम्म मात्र ।
तालिम सम्बन्धी विस्तृत जानकारी र फारम भर्नका लागि तल दिएको लिङ्कमा क्लिक गर्नुहोला ।
http://enpho.org/wp-content/uploads/2019/04/CWF-flyer_17-April.pdf


1855 पटक हेरिएको 

