खानेपानीको धारामा क्षति पु-याउनेलाई सार्वजनिक मुद्दा

 

गोरखा : गोरखाको पालुङटार नगरपालिका वडा नं. १ भुसुण्डेमा रहेको काजी कालुपाण्डे धारामा क्षति पु-याएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी मुद्दा चलाएको छ ।

मर्मतको काम सम्पन्न भएकै राती धारामा क्षति पु-याएका १८ बर्षिय किरण कुमाल र १९ बर्षिय प्रदिप कुमाललाइ प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको हो ।

ती दुई युवाले धारा मर्मत गर्ने मिस्त्री सँग रक्सी खाएर विवाद गरेको र त्यही निहुँमा राती आएर ढुङ्गे धारा भाँचिदिएको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी भोला रावलले जानकारी दिनुभयो । पक्राउ परेका किरण र प्रदिपलाइ सार्वजनिक मुद्दा दर्ता गरी कार्वाही प्रक्रिया अगाडी बढाइएको एसपी रावलले बताउनुभयो ।

बर्षाै अघि देखिको ऐतिहासिक धारा जीर्ण बन्दै गएपछि आफ्नै खर्चमा मर्मत गरेको तर रातको समयमा आएर धारा भाँचिदिएको स्थानीय बोध बिक्रम पाँडेले बताउनुभयो । पाण्डेले आफू कालु पाण्डेका आठौ पुस्ता रहेको र उक्त धारा कालु पाण्डेकै पालामा बनेको दाबी गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार