
दैलेख : दैलेखको भगवतीमाई गाउँपालिकाले खानेपानी योजनामा काम गर्ने मजदुरको सामूहिक दुर्घटना बीमा गरेको छ । ग्रामीण जलस्रोत परियोजना, तेस्रो चरण अन्तर्गत सञ्चालित खानेपानी योजनामा काम गर्ने मजदुरको सामूहिक दुर्घटना बीमा गरिएको हो । गाउँपालिकामा सञ्चालित खानेपानी र सिंचाइ योजनामा काम गर्ने कामदारको प्रत्येक योजनामा ४० लाख बराबरको सामूहिक दुर्घटना बीमा गरिएको गाउँपालिकाका जलस्रोत अधिकृत प्रकाशचन्द्र थापाले जानकारी दिनुभयो ।
खानेपानी योजनामा काम गर्ने मजदुरको कुनै पनि बेला दुर्घटना भई अङ्गभङ्ग हुन सक्ने र गम्भीर प्रकृतिको दुर्घटनामा मृत्यु समेत हुन सक्ने अवस्थालाई ध्यानमा राखी सामूहिक दुर्घटना बीमा गरिएको जलस्रोत अधिकृत थापाले बताउनुभयो ।
बीमा गरेपछि अब कोही कामदारलाई चोट लागेर अङ्गभङ्ग भएमा बीमा रकमको ८० प्रतिशत र मृत्यु भएमा ५ लाख सम्म भुक्तानी पाउनेछन् ।
गाउँपालिकाले आर्थिक बर्ष २०७६/०७७ बाट प्रत्येक योजनामा काम गर्ने कामदारको सामूहिक दुर्घटना बीमा गर्ने तयारी गरेको छ ।


1162 पटक हेरिएको 

