जलकचहरीमा सहभागीको आक्रोश : खानेबानीले सधैं खानेपानी समस्या

🔗
4
Shares

मनिराज पाण्डे

कालिकोट : खानेपानीका लागि कालिकोटको पालाँता गाउँपालिकाको वडा नं. ७ र ८ मा संघ, प्रदेश सरकारले गरिएको लगानी बालुवामा पानी भएको स्थानीयले आरोप लगाएका छन् । वडा स्तरिय खानेपानी सरसफाइ तथा स्वच्छता समितिले आयोजना गरेको जलकचहरी कार्यक्रममा स्थानीयले पूर्व सरकारको लगानी बालुवामा पानी भएको बताएका हुन् ।

खानेपानी पानी भन्दा पनि खानेबानीले समस्या समाधान नभएको उहाँको भनाई थियो । खानेपानी समस्या समाधानका लागि पलाँता ७ र ८ ले ९ बुदे प्रतिबद्धता पत्र समेत जारी गरेको छ ।

स्थानीय गाउँ बस्तीमा खानेपानीको जटिल समस्या देखिएपछि स्थानीय सरकारले अबको एक बर्ष भित्र खानेपानी समस्या समाधान गर्ने आवश्यक कार्य थालनी गरिसकेको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले बताउनुभयो । पहिलेका आयोजनाहरु पहुँचको आधारमा आउने र मिलोमतोमा आयोजना नै खाने समस्या अब अन्त्य गरिने गाउँपालिका अध्यक्ष बमले बताउनुभयो ।

बर्षौ पहिले देखि खानेपानी योजना आउने गरेको भएपनि स्थानीयले भोग्दै आएको खानेपानी समस्या भने जस्ताको तस्तै रहेको वडा नं. ७ का अध्यक्ष ब्रर्जबहादुर बमले बताउनु भयो ।

२०३६ सालबाट सुरु गरिएको खानेपानी हुपीगाड दुधदाना पारौटी खानेपानी आयोजना अझै पुरा हुन नसकेकोमा स्थानीय बासिन्दाले आक्रोश पोखे । खानेपानी आयोजना निर्माण सुरु भएको ४० बर्ष भईसक्दा प्रत्येक घरधुरीले नगद र जनश्रमदान गरी १० लाख भन्दा बढी खर्च गरिसकेको तर अझै शुद्ध खानेपानी नपाएको वडा नं.७ का स्थानीय पलबहादुर बम बताउनुभयो ।

बर्षेनी बिनियोजन हुने खानेपानी आयोजनामा जो उपभोक्ता समितिमा बस्यो उसैले पैसा खाने समस्याले स्थानीय खानेपानीबाट बञ्चित भएको वडा नं. ८ का अध्यक्ष पटक बहादुर बमले बताउनु भयो । खानेपानी पानी भन्दा पनि खानेबानीले समस्या समाधान नभएको उहाँको भनाई थियो । खानेपानी समस्या समाधानका लागि पलाँता ७ र ८ ले ९ बुदे प्रतिबद्धता पत्र समेत जारी गरेको छ ।

पलाँता दुर्गम र विकासका दृष्टीकोणले पछाडि परेको भनेर चिनिनुको मुख्य समस्या खानेपानी सरसफाइ र स्वच्छता भएकाले यो समस्या गाउँपालिकाले यसै बर्षको नीति तथा कार्यक्रमबाट समाधान गर्ने पलाँताका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बमले बताउनु भयो ।

पलाँता गाउँपालिका र वाटर एडको सहयोगमा वडा समितिले आयोजना गरेको जलकचहरीको सहजीकरण किर्डाक नेपालले गरेको थियो । वडा नं. ७ को पारौटीमा खानेपानी भर्नकै लागि धारामै रात बिताउनुपर्ने स्थानीय कार्तिके बमले बताउनुभयो । खानेपानी समस्या समाधानका लागि उपाय खोज्न आयोजना गरिएको जलकचहरीले गाउँपालिकाको र वाटर एडको आर्थिक सहयोग तथा किर्डाक नेपालको सहजीकरणमा एक घर एक धारा कार्यक्रम अघि बढाउने गाउँपालिकाको तयारी छ ।

स्थानीय सरकारले आगामी बर्षभित्र पलाँताका सबै घरधुरीमा शुद्ध र गुणस्तरीय खानेपानी पु¥याउने लक्ष्य राखेपनि भौगोलिक विकटता, खानेपानीका मुहान टाढा हुनु, दक्ष प्राविधिकको अभाव हुनु, कडा चट्टान लगायत समस्या रहेकाले गाउँपालिकाले ठुलो आर्थिक लगानी गर्नुपर्ने भएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार