दिगो विकास लक्ष्य हासिल गर्न ६ खर्ब रकम अभाव : खानेपानी सचिव शर्मा

🔗
3
Shares

काठमाडौ : खानेपानी सचिव दिपेन्द्रनाथ शर्माले फोहोरपानी प्रशोधनको काममा नेपालले शून्यबाट सुरु गर्नुपर्ने बताउनुभएको छ । अहिलेसम्म गुहेश्वरी फोहोरपानी प्रशोधन केन्द्रलाई सुचारु अवस्थामा रहेको भनेर भन्दै आएपनि उक्त केन्द्र समेत विश्वव्यापी मापदण्डको नभएको बताउनुभयो ।

यूएसएडको आर्थिक सहयोगमा सेबक नेपालद्वारा सञ्चालित सेफ वास दोस्रो परियोजनाको समय अवधि सकिएको बिषयमा जानकारी गराउन आयोजित गोष्ठीमा सचिव शर्माले काठमाडौमा सरकारले पाँचवटा फोहोरपानी प्रशोधन केन्द्र निर्माण गर्ने भएपनि यसको सञ्चालन तथा व्यवस्थापनमा आवश्यक प्राविधिक जनशक्तिको समेत अभाव रहेको बताउनुभयो ।

उहाँले दिगो विकास लक्ष्यको कुरा गर्दा फोहोर पानी प्रशोधन गर्ने कुरा संविधानमा लेखेर कार्यविभाजन गरेजस्तो सजिलो नभएको बताउनुभयो । लामो समयदेखि मस्यौदाको रुपमा रहेको सेक्टरल डेभेलप्मेन्ट प्लानले ६ खर्ब रुपैयाँ रकम अभाव रहेको औल्याइएको समेत जानकारी दिनुभयो ।

हेरौं यो भिडियो :

सुनौ यो अडियो :


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार