
काठमाडौ : खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) ले पाँच बर्षे रणनीतिक योजना सार्वजनिक गरेको छ । रणनीति तथा कार्ययोजनाका बारेमा परामर्श गर्न आयोजित कार्यशालामा फेडवासनको २०७६ – २०८० सम्मको रणनीतिक योजना सार्वजनिक गरिएको हो । रणनीतिक योजनामा रणनीतिक बिषयगत क्षेत्रहरु छुट्याई उद्देश्य एवं लक्ष्य प्राप्तिका लागि अबलम्बन गरिने कार्यनीति समेत उल्लेख गरिएको छ ।
यी हुन् रणनीतिक विषयगत क्षेत्रहरु
फेडवासनले निम्न बिषयहरुलाई रणनीतिक बिषयगत क्षेत्रमा काम गर्ने गरी निर्धारण गरेको छ ।
खानेपानी सरसफाइ र स्वच्छता सम्बन्धि सचेतना
जनवकालत तथा पैरवी
मानवीय तथा संस्थागत क्षमता तथा दक्षता विकास (उपभोक्ता समिति महासघ)
वातवारण परिवर्तन, पर्यावरीय तथा जैविक विविधता संरक्षण र व्यवस्थापन, अनुकुलन तथा उत्थानशीलता तथा स्रोत संरक्षण, सम्बद्र्धन तथा प्रवद्र्धन ( स्रोतको सुमचित सदुपयोग तथा दिगो व्यवस्थापन )
सुशासन ( पारदर्शिता, सहभागिता,समाबेशिकरण र जवाफदेहिता)
संजाल तथा संचार र समन्वय निर्माण तथा विस्तार
खानेपानी तथा सरसफाइ तथा दिगो विकास लक्ष्य २०३० कार्यान्वयन समन्वय र सहकार्य
रणनीतिक क्षेत्रहरु तथा कार्यनीति :
रणनीति १ : खानेपानी सरसफाइ तथा स्वच्छतामा आधारभुत पहुँचवारे जनचेतना जगाउने
कार्यनीति :
– खानेपानी तथा सरसफाइका क्षेत्रमा आम उपभोक्ता तथा उपभोक्ता संस्थाहरुलाई खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धि ज्ञान, सिप र क्षमताको विकास गर्ने
– खानेपानी तथा सरसफाइ सम्बन्धि सवाल र अधिकारका बारे उपभोक्ताहरुका लागि सचेतना कार्यक्रम संचालन गर्ने
– अवस्था अध्ययन/सवाल तथा समस्या पहिचान
– तालिम, गोष्ठि, अध्ययन भ्रमण संचालन गर्ने
रणनीति २ : सचेतना, जनवकालत तथा पैरवी
कार्यनीतिहरु :
– उपभोक्ता तथा उपभोक्ता संस्थाहरुको हितका लागि परामर्श, लवी तथा पैरवी गर्ने
– नागरिक आवाज कार्यक्रम
– पैरवी/जन वकालत सामाग्री उत्पादन र वितरण
– स्थानीय, प्रदेश तथा संघिय तहमा पैरवी /अन्तरक्रिया
– उपभोक्तामुखी नीति तथा कार्यक्रमका लागि सरोकारबालाहरुसंग लवी तथा पैरवी गर्ने
रणनीति ३ : मानवीय तथा संस्थागत क्षमता तथा दक्षता विकास (उपभोक्ता समिति र महासंघ)
कार्यनीतिहरु :
– आवश्यक मानव श्रोतको पहिचान गर्ने
– पहिचान गरिएका मानव श्रोतको विकास तथा व्यवस्थापनका लागि काम गर्ने
– रणनीतिक योजनालाई कार्यान्वयन गर्ने
– मानव श्रोत परिचालन तथा क्षमता विकास कार्यक्रमतयार गरि कार्यान्वयन गर्ने
रणनीति ४ : वातवारण परिवर्तन, पर्यावरणीय तथा जैविक विविधता संरक्षण र व्यवस्थापन, अनुकुलन तथा उत्थानशीलता तथा स्रोत संरक्षण, सम्बद्र्धन तथा प्रवद्र्धन ( स्रोतको सुमचित सदुपयोग तथा दिगो व्यवस्थापन )
कार्यनीतिहरु :
– प्राकृतिक स्रोतको संरक्षणका लागि पानीका मूहान संरक्षण र स्वच्छताका लागि काम गर्ने
– जैविक विविधता संरक्षण कार्यमा सहकार्य तथा सहयोग गर्ने
– स्रोत साधनको समुचित प्रयोग तथा दिगो व्यवस्थापनका लागि कार्य गर्ने
– जलवायु परिवर्तनले जलस्रोतमा पर्ने प्रभाव न्यूनिकरण तथा व्यवस्थापनका लािग काम गर्ने
– वातारणीय स्वच्छता संरक्षण तथा सम्बद्र्धनका लागि काम गर्ने
रणनीति ५ : सुशासन (पारदर्शिता, सहभागिता, समाबेशिकरण र जवाफदेहिता)
कार्यनीतिहरु :
– महासंघका गतिविधिलाई पारदर्शि बनाउन सूचना व्यवस्थापन प्रणालीको विकास तथा व्यवस्थापन गरी काम गर्ने
– आर्थिक कृयाकलाप तथा अन्य कार्यक्रमहरु सूचना केन्द्र मार्फत प्रकाशन तथा प्रशारण गर्ने
– संस्थाका मानवीय तथा आर्थिक स्रोत परिचालन कर्मचारी प्रशासन, सांगठनिक, आर्थिक नियमावली परिमार्जन गरि प्रभावकारी कार्यान्वयन गर्ने
– केन्द्रिय स्तरमा आचार संहिताको निर्माण गर्दै महासंघका स्थानिय तह सम्म पहुँच पु¥याउने
– बार्षिक रुपमा एक पटक खानेपानी तथा सरसफाइ बजेट संघ, प्रदेश र स्थानिय समुदाय स्तरमा गर्ने
– सामाजिक लेखा परिक्षेण गरी सबैमा कार्यक्रम र गतिबिधी बरे सुसुचित गराउने
रणनीति ६ : संजाल तथा संचार र समन्वय निर्माण तथा विस्तार
कार्यनीतिहरु :
– उपभोक्ता समितिहरुलाई महासंघमा आबद्ध गराउने
– प्रदेश तथा स्थानीय तहमा शाखा गठन गर्ने
– निस्कृय अवस्थाका उपभोक्ता समितिहरु पहिचान गरी सक्रिय गराउने
– पहिचान गरिएका निस्कृय अवस्थाका उपभोक्ता समितिहरुसंग अन्तरकृया गरि उपयोक्त योजना तयार गर्ने
– योजना कार्यान्वयनको लागि आवश्यक प्राविधिक सहयोग र अनुगमन गर्ने
– सेवा विमुख उपभोक्ताहरुको स्थिति पत्ता लगाउने
– उपभोक्ताहरुलाई महासंघ सम्म पहुँच बृद्धि गर्न सरल प्रकृया स्थापना गरि सम्पर्क गर्ने
– स्थानीयतहमा शाखा विस्तार गरी स्थानीय सरकार तथा सरोकारबाला निकायहरसंग सहकार्य र समन्वय गरी कार्य गर्ने गराउने
– राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्था तथा संजालहरुसंग समन्वय गरी सहकार्य गर्ने
रणनीति ७ : खानेपानी तथा सरसफाइ तथा दिगो विकास लक्ष्य २०३० कार्यान्वयन समन्वय र सहकार्य
कार्यनीतिहरु :
– नेपाल सरकार, सरोकारबाला राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्था तथा संजाल संग सहकार्य गरी दिगो विकास लक्ष्य प्राप्तिका लागि काम गर्ने
– दिगो विकास लक्ष्यको स्थानीयकरण गर्ने कार्यको अभियान संचालन गर्ने
– दिगो विकास लक्ष्य ६को पूर्ण कार्यान्वयन तथा सफलता प्राप्तीका लागि काम गर्ने

उल्लेखित रणनीतिक योजनाका बारेमा फेडवासनले सरोकारवाला निकायसँग छलफल तथा अन्तरक्रिया गरी सल्लाह सुझाव संकलन गरेको छ । सोही सल्लाह सुझावको आधारमा रणनीतिक योजनामा केही संशोधन गरिने फेडवासनका अध्यक्ष राजेन्द्र अर्यालले बताउनुभयो ।
परामर्श गोष्ठीमा फेडवासनलाई क कसले के कस्ता सुझाव दिए ? यस सम्बन्धी समाचार अर्को अंकमा प्रकाशन गरिनेछ ।


1270 पटक हेरिएको 

