खानेपानीमा पनि दलिय प्रतिस्पर्धा, नेकपा समर्थित कँडेलको नेतृत्वमा नयाँ समिति

🔗
0
Shares

नवलपरासी : पूर्वी नवलपरासी सदरमुकामस्थित कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको चुनावमा समेत दलिय आधारमा विभाजन भएर चुनाव लडेका छन् । चुनावमा नेकपा समर्थित भीम कँडेलको समूहले विजय हासिल गरेको छ ।

आइतबार सम्पन्न मतगणनामा अध्यक्ष सहितको पदाधिकारी र बहुमत सदस्यमा नेकपाका उम्मेदवार विजयी भएका हुन् । १४ जनाको कार्यसमिति र लेखा समितिमा १२ जना नेकपाका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा भीम कँडेल, सचिवमा दीपकराज लम्सालसहित लेखा समितिमा उनीहरूले एक्लौटी विजय हात पारेका ह्नु । नेपाली कांगेसका उम्मेदवारले बढी मतदाता रहेको वडा नम्बर २ र ८ मा प्रतिनिधि जितेका छन् ।

अध्यक्षमा कँडेलले आफ्ना प्रतिद्वन्द्वी कांग्रेसका शिव भट्टराईलाई १ सय ५९ मत अन्तरले पराजित गरेका हुन् । स्थानीय तहको झल्को दिने गरी चुनाव प्रचारमा उत्रिएको खानेपानीको निर्वाचनमा ५०४३ जनाले मतदान गरेका थिए त्यहाँ ६६६५ मतदाता रहेका छन् ।
विजयी भएपछि अध्यक्ष भीम कँडेलले सबै खानेपानी उपभोक्ताको हीतलाई ध्यानमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार