पानी, प्रकोप, प्रकृति र प्रविधि

विषय प्रवेश

पानी अर्थात जल । पानी मानिसको जिवन हो । नेपालमा हिमशिखरहरु, हिमतालहरु, हिमनदीहरु आदी पानीका मुख्य स्रोतहरु हुन् । नेपाल जलस्रोतमा धनि देश हो भन्ने सुगा रटान धेरै नै सुनिन्छ । हो, साच्चै नै नेपाल जलस्रोतमा विश्व कै दोस्रो ठुलो धनी देश हो । किनभने यहाँ कर्णाली, कोसी, महाकाली जस्ता नदी बेसिनहरु छन् । साना ठुला गरी नेपालमा करिव ६००० नदीखोलाहरु छन् ।

पानी र जवानी निरन्तर बगिरहने बस्तु हो । यसको बुद्धिमतापूर्ण प्रयोग र व्यवस्थापन गर्नसक्नु पर्दछ नत्रभने यिनले नकारात्मक परिणामहरु पनि निमत्याउँदछन् ।

पानीको सही प्रयोग र उचित व्यवस्थापन नहुनुले भयानक बाढीरुपी प्रकोपका कारण नेपालका जनताहरु प्रत्येक वर्ष व्यापक धन जनको क्षति व्यहोर्नु परेको नयाँ विषय होइन । प्रकृतिको

लेखक – हेमचन्द्र महतो

तिव्र दोहन, प्राकृतिक स्रोतहरुको अवैज्ञानिक व्यवस्थापन नै यसका मुख्य कारण हुन् । यो मानव श्रृजित समस्या हो । मानिस नै जलवायु परिवर्तनका कारक तत्व बनेका छन् ।

नेपाल बाढीपहिरोको उच्च जोखिममा परेको देश हो । बाढीपहिरोको कारणले हुने जोखिमको हिसाबले नेपाल २० औं स्थानमा छ । बिगतका बर्षहरुलाई फर्केर हेर्ने हो भने अविरल वर्षाले नेपालको तराईमा बाढीले महाप्रलय नै निम्त्याएको देखिन्छ।

आफना असिमित चाहना, आवश्यक्ता पुर्ति गर्नका लागि प्रकृतिलाई बिगार्ने काम गर्दछन् । फलस्वरुप थोरै समयमा धेरै पानी पर्ने, हिमालहरु तिव्र रुपमा पग्लिने, हिमतालहरु फुटने, खासगरी वर्षा याममा नदीहरुको आफ्नो गर्भमा बग्नु पर्ने पानीको सम्पूर्ण भाग वाहिर अनियन्त्रित तवरले गाउँ शहर वस्तिमा बाढीको रुप लिई बग्ने र देशको सामाजिक, आर्थिक, वातावरणीय सम्पत्तिहरु नष्ट गर्ने गर्दछ । बाढीले गर्दा पानीको गुण र मात्रामा परिवर्तन, पानीको मुहानहरु फोहर हुने, नष्ट हुने, पिउने पानीको उपलब्धतामा समेत कमी हुने असरहरु देखा पर्दछ ।

विश्वमा ६६३ मिलियन जनता सुरक्षित पानीको आपुर्तिबाट बन्चित रहेको छ । फोहर पानी पिउनाले उनीहरुको स्वास्थ्यमा असर परेको अवस्था छ । यि र यस्तै सवालहरुमा केन्द्रित रही पंङ्कितकारले पानीको महत्व, पानीबाट उप्पन्न हुने समस्या, प्रकोप ९बाढी०, यसका कारणहरु, रोकथाम र नियन्त्रण गर्ने उपायहरु तथा पानीका चुनौतीहरुको प्रकृतिमा आधारित सामाधानमुलक उपायहरुको वारेमा प्रस्तुत गर्नका लागि जमर्को गरेको छु ।

सम्भावना

पानी जीवनको आधार हो । पानी एउटा प्राकृतिक स्रोत हो । यसका संचित र भण्डारणका विभिन्न रुपहरु हुन्छन् । जलस्रोतबाट नेपाल जस्तो गरिव मुलुकको लागि जल यातायात, जलमा आधारीत पर्यटन, जल विद्युत आदीका थुप्रै अवसरहरु छन् ।

जसबाट देशमा आर्थिक, सामाजिक, वातावरणीय विकासमा महत्वपुर्ण योगदान पु¥याउने सक्ने सम्भावना छ । यति मात्र होइन, नेपालको तराई क्षेत्रमा रहेको उर्वर भूमीहरुमा सिँचाईका लागि नदीहरुमा नहर निर्माण गर्न सके साँच्चै नै तराई फाँटका खेतियोग्य जमिनहरुबाट मनग्य उत्पादन गरी देश समृद्धिको बाटोतिर लम्किन्थ्यो होला ।

असुरक्षित पानी र सरसफाईको कमीका कारण विश्वमा प्रति वर्ष ८ लाख ४२ हजार मानिसहरु मृत्युको चपेटामा पुगेको एक तथ्यांकले देखाउँदछ । वातावरणीय क्षय, जलवायु परिवर्तनले विश्वमा नै पानीसँग सम्बन्धित संकटहरु निमत्याएका छन् भन्ने कुरामा विद्वानहरु समेत सहमत छन् । जस अनुसार नेपाल पनि अछुतो छैन ।

समस्या

पानीबाट श्रृजित चुनौतिहरुलाई समाधान गर्न प्रकृतिलाई बचाउनु पर्दछ । प्रकृतिले पानी दिएको छ । पानीबाट उत्पन्न हुने प्रकोप र पानी सम्बन्धित समस्याहरुको समाधान प्रकृति मै छ । मानवका लागि आवश्यक सफा र शुद्ध पानीको पर्याप्तता सन्तुलित पारस्थितिकिय प्रणालीमा आधारीत हुन्छ । भन्नाले पारस्थितिकीय प्रणालिको सन्तुलन बिग्रियो भने पानीको गुण र मात्रामा नाटकीय ढंगले असर पर्दछ ।

 

डब्लु.एच.ए (२०१४) को अनुसार विश्वमा १.८ बिलियन मानिसले पिउने पानीको मुहान प्रदुषित रहेको पाइएको छ । जसबाट पखाला लाग्ने, हैजा, कालाजार आदी जस्ता भयाबह सरुवा रोगहरुको शिकार बन्ने नाजुक अवस्था रहेको छ ।

यति मात्र होइन, असुरक्षित पानी र सरसफाईको कमीका कारण विश्वमा प्रति वर्ष ८ लाख ४२ हजार मानिसहरु मृत्युको चपेटामा पुगेको एक तथ्यांकले देखाउँदछ । वातावरणीय क्षय, जलवायु परिवर्तनले विश्वमा नै पानीसँग सम्बन्धित संकटहरु निमत्याएका छन् भन्ने कुरामा विद्वानहरु समेत सहमत छन् । जस अनुसार नेपाल पनि अछुतो छैन ।

वनको तिव्र विनास र क्षयिकरणले गर्दा बाढी, खडेरीको समस्या विद्यमानै छ । खेतिपातीमा प्रयोग गरिने विषादीका कारणले नेपालका नदीनालाहरु, सिमसारक्षेत्रहरु तथा तालतलैयाहरु समेत प्रदुषित भइरहेको अवस्था हामी अनुभुति गरिरहेकै छौ ।

 

तसर्थ हामी स्वस्थ्यरुपले बाँच्नका लागि स्वच्छ एवं सन्तुलित ईकोसिस्टम अपरिहार्य छ । एफ.ए.ओ. को अनुसार सन् १९९० देखि हाल सम्ममा ११ मिलियन भन्दा बढी मानिसहरु खडेरीको कारण आफनो ज्यान गुमाएको देखिन्छ ।

जलवायु परिवर्तन, वन विनास, सिमसारक्षेत्रहरुको हैसियतमा दिनानुदिन क्षयिकरण, समुद्री सतहको स्तरमा वृद्धि आदी कारणहरुले गर्दा सन् २०५० सम्ममा विश्वको बाढी प्रभावितक्षेत्रहरुमा करिब २ बिलियन मानिसहरु बाढीबाट संकटासन्न (जोखिममा) हुन सक्दछन् भन्ने कुरा युनेस्को, २०१२ को प्रतिवेदनले अनुमान गरेको देखिन्छ ।

युनेस्को (२०१२) को एक प्रतिवेदन अनुसार सन् २०२५ सम्ममा विश्वमा करिब १.८ बिलियन मानिसहरु पानीको पहुँचबाट बन्चित हुने छन् । विश्वको दुई तिहाई मनिसहरु पानीको कमीका कारण तनावमा जीवन जिउन बाध्य हुने अनुमान गरिएको छ ।

नेपाल बाढीपहिरोको उच्च जोखिममा परेको देश हो । बाढीपहिरोको कारणले हुने जोखिमको हिसाबले नेपाल २० औं स्थानमा छ । बिगतका बर्षहरुलाई फर्केर हेर्ने हो भने अविरल वर्षाले नेपालको तराईमा बाढीले महाप्रलय नै निम्त्याएको देखिन्छ। महाविनाशकारी बाढीले गर्दा नेपालको खासगरी तराईक्षेत्रमा व्यापक धनजनको क्षति व्यहोर्नू परेको छ ।

तराईका शहर गाउबस्ती बर्षेनी डुवानको चपेटामा पर्दै आएको छ । यसबर्ष पनि निरन्तर भारी बर्षा भईरहेकाले तराई क्षेत्रका केही भुभाग डुबानमा पर्ने निश्चित जस्तै देखिन्छ ।

सम्भव भए सम्म कंक्रिट स्टक्चरहरु संगसंगै हरित पूर्वाधारहरुको निर्माण गर्नुपर्दछ । यसबाट बढ्दो जनसंख्याको लागि आवश्यक पानीको मात्रा आपुर्तिमा सहयोग हुन्छ । प्राकृतिक वातावरण संरक्षणमा सहयोग हुन्छ । पानी प्रदुषणमा कमी आउँछ ।

रोकथाम नियन्त्रण

सफा, स्वच्छ, सुरक्षित र पर्याप्त पानीको सुनिश्चितताका लागि, पानीको चक्र पुनरसन्तुलनका लागि, जलवायु परिवर्तनका असरहरुलाई न्यूनीकरण गर्न तथा मानिसको स्वास्थ्य र जीविकोपार्जन सुधार गर्नका लागि वनको विकास, खालि वनक्षेत्रहरुमा वृक्षारोपण, सिमसारक्षेत्र व्यवस्थापनरपुर्नस्थापित, नदी किनारा संरक्षण, नदीहरुमा भएको वालुवा, ढुंगाहरु हटाईको नदीको चौडाई (स्पान), गहिराई बढाउने आदी कार्यहरु बारे सुझाइएको छ ।

सम्भव भए सम्म कंक्रिट स्टक्चरहरु संगसंगै हरित पूर्वाधारहरुको निर्माण गर्नुपर्दछ । यसबाट बढ्दो जनसंख्याको लागि आवश्यक पानीको मात्रा आपुर्तिमा सहयोग हुन्छ । प्राकृतिक वातावरण संरक्षणमा सहयोग हुन्छ । पानी प्रदुषणमा कमी आउँछ । तब मात्र दीगो विकासको लक्ष्य नं. ६ मा उल्लेखित सन् २०३० सम्ममा सबैका लागि पानी र सरसफाइ भन्ने लिइएको उद्देश्य प्राप्त हुन सक्दछ ।

हामीलाई थाहा छ, पानीको चक्र लाई सन्तुलन राख्न वोट विरुवा वन जंगल को नै अहम भुमिका हुने गर्दछ । अर्थात वन जंगलको संरक्षण, वैज्ञानिक व्यवस्थापन का साथसाथै गाउँ, बस्ति, शहर, सडक, वारी कान्ला, कृषि आलि आदी ठाउँहरुमा पनि वृक्षारोपणमा जोड दियौं भने बाढी पहिरो भुक्षय नियन्त्रण त गर्छ नै ।

साथ साथै बाढी आइहाले पनि बाढीले गर्दा घरगोठ क्षति नोक्सान भएका बाढी प्रभावित जनताहरुको तत्कालै अस्थायी घरगोठ निमार्ण गर्न राहत दिन्छ । महतो एच.सि. (२०७४) ले गरेको एक अध्ययन अनुसार बाढीबाट प्रभावित मानिसहरु मध्ये ७४ प्रतिशत घरधुरी ले नोक्सान भएको घरगोठ अस्थायी आश्रयशिघ्र निर्माणको लागि बाँस प्रजाति उपयुक्त रहेको अध्ययन प्रतिवेदनले बताउँछ ।

बाँस चाँडै हुर्कने, छिटो बढने, सस्तो र सुलभ पाइने, भूक्षय रोक्ने, बाढीपहिरो रोक्नुका साथै आयआर्जनमुलक प्रजाति भएको धेरै अनुसन्धानहरुले समेत पुष्टि गरिसकेको छ ।

 

सुझाव

पानी र पानीका स्रोतहरुको वैज्ञानिक व्यवस्थापन गर्न तथा यसका चुनौतिहरुको सम्बोधन गर्नका निमित्त संघिय संरचना अनुसार सरकारका तिनै तहमा प्रकृतिमा आधारित समाधानका लागि आवश्यक नीति, कानुनहरु निर्माण गर्न जरुरी देखिन्छ ।

र, सोको प्रभावकारी कार्यान्वयनबाट नेपालमा दीगो शहरको विकास, खेतीका लागि सिचाईको समस्या निराकरण गर्ने मात्र होइन यसले पानीबाट उत्पन्न प्रकोपहरु (बाढी) को असर पनि भविष्यमा न्यूनीकरण हुँदै जाने निश्चित नै छ ।

निष्कर्ष

अन्तमा, प्रकृति एक जटिल संरचना हो । मानव सभ्यताको आधार नै प्रकृति हो । प्रकृति विना मानवको जीवन कल्पना समेत गर्न सकिदैन । हामीले दिनानुदिन यो वा त्यो वहानाले प्रकृतिको दोहन गरिरहेका छौ । फलस्वरुप प्रकृतिमा देखिने हरेक परिवर्तनले मानव जीवनमा प्रकोपका गम्भिर प्रभाव परिरहेको छ ।

प्राकृतिक प्रकोपहरु मध्ये ९० प्रतिशत प्रकोपहरु पानीसँग सम्बन्धित हुन्छन । बाढी, पहिरो, भूक्षय आदी प्रमुख प्रकोपहरु हुन् । जल प्रदुषण, सुरक्षित, सफा पिउने पानीको कमी, पर्याप्त पानीको उपलब्धतामा ह्रास हुँदै जानु प्रकोपले जन्माएको असरहरु हुन् ।

जलवायु परिवर्तनका कारणले नेपालमा यस्ता प्रकोपहरु आफनो अधिपत्य कायम गर्दै गइरहेको हामी सबै सहमत नै छौ । जलवायु परिवर्तनले गरीब मुलुक र गरीब जनताहरु बढी प्रभावित हुने कुरामा हामी दुईमत छैनौ ।

त्यसैले हामी नेपाली जनताहरु यस सार्वजनिक महत्वको विषयमा एेक्यबद्धता जनाई बाढी, पहिरो, भूक्षय नियन्त्रण एवं न्यूनिकरण गर्नका लागि तथा यसबाट उत्पन्न हुने विपत्तिवारे जनचेतना अभिवृद्धि गरी वृहत वृक्षारोपण गर्न अझै जोड दिनु पर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार