सल्यान : सल्यानको छत्रेश्वरी गाउँपालिका वडा न ४ खर्सुबासमा पहिरोले खानेपानीको पाइप बगाउँदा गाउँपालिकाका वडा न ४ र ५ का दुई हजार भन्दा बढी उपभोक्ता खानेपानीबाट बञ्चित भएका छन् ।
खर्सुवासको बाउनीखा मुहानबाट पाइपमार्फत ल्याएको पानी उपभोग गर्दै आएका लेखपोखरा, तारुपारे, भित्रिवन, पोखरी लगायतका बासिन्दा खानेपानी सेवाबाट बञ्चित भएको तिले नेपालीले बताउनु भयो । वनक्षेत्रबाट पाइप मार्फत ल्याएको पानी पहिरोले झन्डै दुई सय मिटर पाइप बगाई दिएको उहाँको भनाई छ ।
केही दिनदेखिको निरन्तर वर्षाका कारण कपुरकोट झ्याम, सडक खन्दा आएको माटो बगाउदा खानेपानीको पाइप बगाएको कृष्ण विकले बताउनुभयो । अनाधृत रुपमा खनिएका सडक र त्यसबाट हुने क्षतिका बारेमा कसैले चासो नदिएको उहाँको भनाई छ ।
गतवर्ष पनि उक्त स्थानमा पहिरोले खानेपानीको पाइप बगाउदा धेरै उपभोक्ताहरु खानेपानीबाट बञ्चित भएका थिए । लगातारको वर्षासँगै आएको पहिरोले चुडामणी पुनको घर समेत पुरिदिएको छ ।


832 पटक हेरिएको 

