काठमाडौ : ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) ६ महिनासम्म निश्क्रिय रहेपनि समग्र प्रगति अरुकै दाँजोमा पु-याउन सफल भएको छ । खानेपानी मन्त्रालय र मातहतका निकायको बार्षिक समीक्षा गोष्ठीमा फण्ड बोर्डले ८३ प्रतिशत भौतिक प्रगति र ७८ प्रतिशत वित्तिय प्रगति पेश गरेको हो ।
सरकारले गत २०७५ असार २० गते विकास समिति ऐन, २०१३ को दफा ८ वमोजिम “विकास समिति ऐन वमोजिम गठन भएका सबै विषय क्षेत्रका समितिहरू विघटन गर्ने निर्णय गरेपछि फण्ड बोर्ड ६ महिनासम्म निश्क्रिय बनेको थियो । सम्बन्धित उपभोक्ता समिति तथा सहयोगी संघसंस्थाको चर्को दबाब पछि मन्त्री स्तरीय निर्णयबाट खानेपानी मन्त्रालयले कार्यकारी निर्देशकमा लिला प्रसाद ढकाललाई पदस्थापन गरेपछि फण्ड बोर्डले नयाँ गति लिएको हो ।
६/६ महिना अन्यौलताबाट गुज्रिएको फण्ड बोर्डले साबिकमा जस्तै प्रगति कसरी हासिल गर्न सम्भव भयो ? सन् २०२० को जुन पछि फण्ड बोर्डको भविश्य के हुन्छ ? आदि बिषयमा हामीले ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) का कार्यकारी निर्देशक लिला प्रसाद ढकालसँग भिडियो सम्वाद गरेका छौं ।
हेरौं यो सम्वाद :


1422 पटक हेरिएको 

