काठमाडौ : काठमाडौमा चर्पीको कुरा गर्दा सुकुम्बासी बस्तीमा चर्पी छैन भन्ने सबैको अनुमान हुन्छ । सार्वजनिक जग्गा अतिक्रमण गरेर बसेका उनीहरुले चर्पी बनाएका हुँदैनन् भन्ने सोच्नु पनि स्वभाविकै होला ? तर थापाथलीको सुकुम्बासी बस्ती, गैरीगाउँ र बल्खुमा रहेको सुकुम्बासी पुग्दा त्यस्तो देखिएन ।
प्रायः हरेक घरको एउटा शौचालय र नभएको घरले सामूहिक रुपमा प्रयोग गरेको भेटियो । उनीहरुले आफूहरु भन्दा शहरका धनीहरुसँग सरसफाइ आचरण नभएको बताए । आफूहरुले फोहोरमैला व्यवस्थापनका लागि अनेकन उपाय लगाउँदै आएपनि कार चढेर आउनेहरुले बोराका बोरा थापाथलीको पूलबाट फोहोर मिल्काएको बताएका छन् ।
हेरौं यो भिडियो :


997 पटक हेरिएको 

