आधा घण्टाकै प्रशिक्षणमा स्यानिटरी प्याड बनाउन निपूण

 

काठमाडौ : काठमाडौको बनस्थली स्थित समृद्धि स्कुलमा अध्ययनरत छात्रछात्रा आधा घण्टाकै प्रशिक्षणमा पुनः प्रयोगमा ल्याउन मिल्ने, रगत लिक नहुने वातावरणमैत्री कपडाको प्याड बनाउन निपूण भएका छन् । मण्डन च्यारिटि समाजकी अध्यक्ष जानुका थापाले गर्नुभएको प्रशिक्षणमा कक्षा १२ का छात्रछात्राले प्याड बनाउने कला सिकेका हुन् ।

तालिममा सहभागी आशिष काफ्लेले ३ घण्टाको प्रशिक्षण पछि पुनः प्रयोग गर्न मिल्ने प्याड बनाउन सक्षम भएको बताउनुभयो । उहाँले आफुले सिकेको सीप र नवीन कामलाई आफूमा मात्र सीमित नराखी घर छिमेकका दिदिबहिनीलाई समेत सिकाउने बताउनुभयो । आशिष काफ्ले जस्तै अन्य विद्यार्थीले समेत पुनः प्रयोग गर्न मिल्ने प्याड बनाउन सिकेको र हाल बजारमा पाइने प्याडको तुलनामा कपडाको प्याड धेरै फाइदाजनक भएको बुझेको बताएका छन् ।

मण्डन च्यारिटि समाजकी अध्यक्ष थापाले अन्य विद्यालयहरुमा समेत दिगो महिनावारी व्यवस्थापन, महिनावारीको समयमा बजारमा पाइने प्याडको प्रयोगवाट महिलाको स्वास्थ्यमा पर्ने नकारात्मक असर र यसको स्थायी समाधानका लागि विभिन्न कक्षाहरु सञ्चालन गर्दै आउनुभएको छ ।

अध्यक्ष थापाले महिनावारी अभिसाप नभई बरदान हो भनी सिद्ध गर्न जरुरी रहेको भन्दै प्याडको आवश्यकता महिलालाई मात्र भएपनि यसमा पुरुषले समेत सघाउनुपर्ने बताउनुभयो । महिनावारी भएको समयमा प्याडको अभावमा छात्राहरुले विद्यालयमै विभेद सहनुपर्ने अवस्था रहेकाले त्यस्ता विभेद हटाउन सहपाठीहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
तालिममा समृद्धि स्कुलका छात्रा सँगै छात्रले समेत सहभागिता जनाएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार