अनुगमन टोलीकै अगाडि गरे, हाकाहाकी खुला दिसा (भिडियो)

काठमाडौ : काठमाडौलाई खुला दिसामुक्त घोषणा गर्न गठित टोलीले खुला ठाउँमा दिसापिसाब गर्न सक्ने सम्भावित ठाउँहरुमा अनुगमन गरिरहेको थियो । टोलीले काठमाडौ महानगरपालिकाको वडा नं. १३ को टेकू पूलमुनि खुला दिसा भईरहेको बारेमा चासो लिएर भीममुक्तेश्वर टोल सुधार समितिका सदस्यहरु छलफल गरिरहेको थियो ।

पूलको आसपासमा खुला रुपमा दिसा भेटिएपछि खुला ठाउँमा दिसा गर्नेहरु को हुन सक्छन् ? यसको समस्याको समाधानको उपाय के हुन सक्छ भन्ने बिषयमा भीममुक्तेश्वर टोल सुधार समितिका निरज देउलासँग टोलीका संयोजक हरिदत्त पौडेलले सवाल जवाफ गरिरहनुभएको थियो ।

त्यत्तिकैमा टोलीका संयोजक पौडेलले खुला दिसा गर्न आएका मानिस तर्फ देखाउँदै भन्नुभयो ‘ऊ भन्दा भन्दै आईहाले।’ ती व्यक्ति कसैको वास्तै नगरी थचक्क बसिहाले । त्यहाँ भएका मानिसहरु एक अर्कामा हेराहेर मात्र भयो । केही बोल्नै सकेनन् ।

हेर्नुहोस् भिडियो :

टोलीले खुला ठाउँमा दिसा गर्ने व्यक्तिलाई के गर्ने ? भन्ने बिषयमा छलफल गर्‍यो । अन्त्यमा ती व्यक्ति मानसिक सन्तुलन गुमाएको जस्तो भेटिएपछि उनलाई कुनै कार्वाही नगरी पठाउने सहमति भयो ।

भीममुक्तेश्वर टोल सुधार समितिका निरज देउलाले भने सार्वजनिक शौचालय नहुँदा तरकारी बजारमा आएका ग्राहकहरुले समेत खुला ठाउँमा दिसा पिसाब गर्दै आएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार