प्रधानमन्त्री ओलीले सम्झिए जेल जीवनमा प्रयोग गरिएको चर्पी (भिडियो)

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा गरिरहँदा आफूले जेल जीवनमा प्रयोग गरिएको चर्पीको स्मरण गर्नुभएको छ । आफ्नो जेल जीवनका क्रममा समयमा दिसापिसाब गर्न नपाइने, लामो लाम लागेर बल्ल पालो आएपछि मात्र दिसापिसाब गर्नुपर्ने तर्फ इंगित गर्दै भन्नुभयो ‘एकदम लामो लाईन लाग्नुपर्थ्यो, पछि एउटा कोठा खाली गरेर त्यहाँ शौचालय बनाईयो तर त्यहाँ पनि लाइन उस्तै हुन्थ्यो ।’

प्रधानमन्त्री ओलीले जेल जीवनका क्रममा प्रयोग गरिएको चर्पीको प्रसंग भने कार्यक्रम सञ्चालक जगदीश खरेलले कोट्याउनु भएको थियो । ‘यहाँ त अनवरत १४ बर्ष त जेल नै बस्नुभयो, त्यत्तिबेला शौचालयको अवस्था कस्तो थियो होला ? २०३७ साल तिर २ प्रतिशतको नेपालीको घरमा मात्र शौचालय रहेछ, २०४६ सालतिर ६ प्रतिशत नेपालीको घरमा मात्र चर्पी बनेको रहेछ ।’

प्रधानमन्त्री ओलीले पञ्चायती व्यवस्था विरुद्धको संंघर्षमा २०२८ देखि २०४४ सम्म गरी १४ वर्ष जेल जीवन बिताउनुभएको थियो ।
प्रधानमन्त्री ओलीले खुला दिसामुक्त तथा पूर्ण सरसफाइमा अग्रसर नेपालको घोषणा पछि मन्तव्यका क्रममा भन्नुभयो ‘त्यो बेलाको अवस्थाबाट गुज्रिएर आज हामी खुला दिसामुक्त घोषणा गर्ने चरणमा आईपुगेका छौं, अब बाँकी काम सबै मिलेर सम्पन्न गर्न म आव्हान गर्दछु ।’ उहाँले भन्नुभयो ।

हेरौं यो भिडियो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार