साप्ताहिक सरसफाइ भईरहेको स्थानमै बोराका बोरा फोहोर

 

काठमाडौ : काठमाडौको तीनकुनेमा विगत केही हप्ता यता साप्ताहिक सरसफाइ अभियान जारी छ । हरेक बिहीबार विहान ७ बजेदेखि ९ बजेसम्म हुने सरसफाइ अभियानले चौथो हप्ता पार गरेको छ । तर चौथो हप्ताको सरसफाइ अभियान सञ्चालन गर्न पुगेका सरसफाइ अभियन्ता त्यत्तिबेला दुःखी बने, जत्तिबेला बोराका बोरा फोहोर भेटिए । र पनि अभियन्ता निराश बनेनन् । उनीहरुले चौथो हप्ताको सरसफाइलाई पनि निरन्तरता दिए र आफूहरुले सफाइ गरेर बटुलेको फोहोर र शहरका सभ्य भनाउँदा मानिसले बोरामा थुपारेको दुवै फोहोर महानगरपालिकाको गाडीमा हालेर पठाईदिए ।

सरसफाइ अभियन्ता धिरेन्द्र केआर भन्नुहुन्छ ‘काठमाडौमा सरसफाइ अभियान भईरहेको छ, यो अभियान सरसफाइ गरेर वातावरण सफा बनाउने त हो नै, मानिसलाई फोहोरमैला व्यवस्थापन प्रति सचेत गराउने पनि हो, तर काठमाडौका बासिन्दाले फोहोर सडकमा फालेर बहादुरी देखाउँछन् भने उनलाई पशुपतिनाथले सदबुद्धि देओस् भन्नु भन्दा केही भन्न सकिन्न ।’

उहाँका अनुसार सरसफाइ अभियानमा मानिसको चासो बढ्दै गएकाले सरसफाइ सहभागिता समेत बृद्धि हुँदै गईरहेको छ । पछिल्लो समय देशैभरि खोलानाला एवं सार्वजनिक स्थलको सरसफाइको लहर नै चलेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार