हुम्लाको बालमन्दिर माविमा स्वचालित स्यानिटरी मेसिन

 

हुम्ला : हुम्ला जिल्लामै पहिलो पटक छात्राका लागि स्यानिटरी प्याड उपलब्ध गराउने स्वचालित मेसिन जडान गरिएको छ । सिमकोट गाउँपालिकाको सहयोगमा बालमन्दिर माविमास्यानिटरी प्याड उपलब्ध गराउने र नष्ट गर्ने मेसिन जडान गरिएको हो । गाउँपालिकाले पहिलो चरणमा बालमन्दिरमा मेसिन जडान गरिएको हो । यस्ता मेसिन ७ वटा माध्यमिक विद्यालयमा जडान गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले जानकारी दिनुभयो ।

उहाँले छात्राहरूको पठनपाठन अनियमित बनेपछि स्वचालित स्यानिटरी मेसिन सञ्चालनमा ल्याइएको जानकारी बताउनुभयो । उनका अनुसार अन्य सामुदायिक विद्यालयका छात्राले समेत मेसिन प्रयोग गर्न सक्नेछन् ।

‘जिल्लाभरि सामुदायिक विद्यालयमा महिनावारी भएको बेला विद्यालय नआउने समस्या छ, जसका कारण छात्राको पठनपाठन गुणस्तरीय हुन सकेको छैन । ‘मेसिन जडानपछि छात्राको उपस्थिति दर बढ्ने र पठनपाठन प्रभावकारी हुने अपेक्षा गरिएको छ । गाउँपालिकाले १ लाख ६० हजार रुपैयाँमा मेसिन खरिद गरिएको जनाएको छ ।

७ विद्यालयका लागि ११ लाख २० हजार रुपैयाँ विनियोजन गरिएको सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले बताउनुभयो । उहाँका अनुसार सबै माविका लागि मेसिन खरिद गगरिएको हो । अन्य विद्यालयमा मेसिन जडान गर्न सुरु गरिएको उहाँको भनाइ छ । ‘छात्राहरूले एटिएमजस्तै मेसिनबाट स्यानिटरी प्याडको निस्शुल्क सुविधा पाउनेछन्।

‘मेसिनमा एकपटकमा ३ सय प्याड राखिनेछ । आवश्यकता परे जुनसुकै समयमा पनि प्याड निकाल्न सकिने विद्यालयले जनाएको छ । टोकन मेसिनमा राखेपछि प्याड आफै झर्ने उहाँले जानकारी दिनुभयो । गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख ध्रुव शाहीका अनुसार मेसिन जडानले छाउपडी समस्या पनि समाधान गर्ने अपेक्षा छ । ‘

महिनावारी भएपछि छात्राले बीचैमा कक्षा छाड्ने र एक सातासम्म विद्यालय नआउने समस्या देखियो, अधिकांश छात्रामा लाज र अन्य स्वास्थ्य समस्याका कारण विद्यालय नियमित नआउने समस्या हल भएको छ ।’ उहाँले भन्नुभयो । प्याड निस्कने र फोहोर पनि नष्ट गर्ने मेसिन भएकाले सबै सामुदायिक विद्यालयका छात्रा लाभान्वित हुने उहाँको भनाइ छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार