पूर्व मिस नेपाल मल्भिकाले किनिन् मेन्स्ट्रुअल वासिङ कप

 

काठमाडौ : पूर्व मिस नेपाल मल्भिका सुब्बाले मेन्स्ट्रुअल वासिङ कप खरिद गर्नुभएको छ । भृकुटीमण्डपमा शनिबार पूर्व मिस नेपालहरु सहभागी कार्यक्रममा डेज फर गल्र्सले महिनावारी सम्बन्धी सुविधाहरु राखिएको स्टलमा उहाँले मेन्स्ट्रुअल वासिङ कप खरिद गर्नुभएको हो ।
मेन्स्ट्रुअल वासिङ कप महिनावारी भएको समयमा प्रयोग गरिएको मेन्स्ट्रुअल कपलाई निर्मलीकरण गर्ने रबरको सानो भाँडो हो ।

मेन्स्ट्रुअल वासिङ कपको प्रयोगबाट महिनावारी भएको समयमा प्रयोग गरिएको मेन्स्ट्रुअल कपलाई निर्मलीकरण गर्न छुट्टै भाँडोमा उमालिरहनु पर्ने झन्झटबाट मुक्ति मिल्ने डेज फर गल्र्सकी माया खैतुले बताउनुभयो । ‘मेन्स्ट्रुअल कप प्रयोग गरेपछि यसको निर्मलीकरण अर्थात सफाइ गर्न छुट्टै भाँडामा उमालिरहनुपर्ने भएकाले धेरैले झन्झट मान्दै आएका थिए । यसका लागि कुनै अर्को भाँडो भए हुन्थ्यो भन्ने लागिरहेको थियो । मेन्स्ट्रुअल वासिङ कपमा उमालेको पानी हालेर त्यसमा मेन्स्ट्रुअल कपलाई भिजाएर विर्को लगाएर केहीबेर राखेपछि सफा हुन्छ र पुनः प्रयोग गर्नका लागि तयार हुन्छ यसलाई धेरैले रुचाउन थालेका छन्’ उहाँले भन्नुभयो ।

 

पूर्व मिस नेपाल सुब्बा मेन्स्ट्रुअल कपको प्रयोगकर्ता हुनुहुन्छ । यस अघि उहाँले मेरी स्टोप्स्द्धारा उत्पादित मेन्स्ट्रुअल कपको प्रबद्र्धनको काम समेत गर्नुभएको छ ।

मित्र समाज नामक संस्थाले सञ्चालन गरेको मितिनी अभियान अन्तर्गत दुर्गम ठाउँका विद्यालयमा महिनावारी स्वच्छता सम्बन्धी सचेतना फैलाउने, महिलामैत्री शौचालय निर्माण गर्ने र महिनावारी स्वच्छता सम्बन्धी सुविधाहरु उपलब्ध गराउने उद्देश्यले पूर्व मिस नेपालहरुलाई एउटै मञ्चमा उभ्याएको थियो । कार्यक्रममा विभिन्न इभेन्ट मार्फत रकम संकलन समेत गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार