काठमाडौ : काठमाडौमा एकीकृत स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन तथा स्वास्थ्य संस्थाहरुमा खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) सम्बन्धी प्रथम राष्ट्रिय कार्यशाला गोष्ठी हुँदैछ । दिउँसो साढे १ बजे हायात होटेलमा हुने कार्यशालाको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।
आजदेखि २६ गतेसम्म हुने कार्यक्रममा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन र वासको दिगो अभ्यासहरुको बारेमा ज्ञान तथा अनुभव आदानप्रदान गर्ने र मानव स्वास्थ्यमा संक्रमण र प्रतिकुल प्रभावहरुलाई न्यूनीकरण गर्ने उपायहरुको खोजी गरी गुणस्तरीय स्वास्थ्य सेवाहरुमा समान पहुँच सुनिश्चितता गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो ।
GIZ, WHO, UNDP, UNICEF, SNV, Water AID तथा अन्य सरोकारवालाहरुसंगको सहकार्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, व्यवस्थापन महाशाखाले आयोजना गरेको कार्यशालामा तीनै तहका सरकार, विकास साझेदार संस्थाहरु, निजी क्षेत्र र अन्तर्राष्ट्रिय वक्ताहरु गरी करिब ३५० जनाको सहभागिता रहने वातावरणीय स्वास्थ्य तथा स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन शाखाका प्रमुख चुडामणि भण्डारीले जानकारी दिनुभयो ।