नुवाकोटको ऐतिहासिक एवं धार्मिक नदी त्रिशुली नदी सफाइ अभियान सञ्चालन गर्ने उद्धेश्यले आज जिल्ला समन्वय समिति तथा बिदुर नगरपालिकाको समन्वय र युएनह्याबिट्याटको सहयोगमा पुनर्जागरण समाज नेपाल तथा डिकोन नेपालले आयोजना गरेको त्रिशुली नदी सफाइ अभियान सम्बन्धि अन्तरक्र्रिया एवं मूल समिति गठन गर्ने कार्यक्रम जिसस प्रमुख श्री सन्तमान तामाङ्गको अध्यक्षतामा सम्पन्न भयो । सो कार्यक्रमले जिसस प्रमुख सन्तमान तामाङ्गको संयोजकत्वमा ७५ सदस्यिय मूल समिति गठन गरेको छ ।
बिदुर नगरपालिका प्रमुख सन्जु पण्डीत सहसंयोजक रहेको उक्त समितिको सदस्य सचिवमा जिसस समन्वय अधिकारी कृष्णप्रसाद पन्थी, सदस्यहरुमा जिसस उपप्रमुख अप्सरा थापा, बेलकोटगढी नगरपालिका प्रमुख राजेन्द्ररमण खनाल, किस्पाङ्ग गाउँपालिका अध्यक्ष छत्र लामा, तारकेस्वर गाउँपालिका अध्यक्ष रमेशबहादुर वस्ती, बिदुर नगरउपप्रमुख गिता दाहाल, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल लगायत नेकपा र नेपाली कांग्रेसका पार्टी प्रतिनिधि, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरु, त्रिशुली नदीले छोएको किस्पाङ्ग, बिदुर, बेलकोटगढी र तारकेस्वर पालिकाका वडा अध्यक्षहरु, उद्योग बाणीज्य संघ, निर्माण ब्यवसायी संघ, चेम्वर अफ कर्मश होटल ब्यवसायी संघ, पर्यटन ब्यवसायी संघ नागरिक समाज उपभोक्ता मञ्च बिदुर खानेपानी उपभोक्ता समिति पत्रकार महासंघ लाई सदस्यमा मनोनयन गरिएको छ ।
जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा जिसस प्रमुख सन्तमान तामाङ्ग, उपप्रमुख अप्सरा थापा, बिदुर नगर प्रमुख सन्जु पण्डीत, जिसस समन्वय अधिकारी कृष्णप्रसाद पन्थी, ट्रेड युनियन कंग्रेसका अध्यक्ष शिब देवकोटा, नागरिक समाजका अध्यक्ष बाबुराम लामिछाने, पत्रकार महासंघका अध्यक्ष कपिलदेव खनाल, लोकतान्त्रिक गैसस महासंघका बद्री त्रिपाठी, स्थानीय समाजसेवी पूर्णलाल श्रेष्ठ लगायत बिभिन्न कार्यालय तथा संघसंस्थाका प्रतिनिधिहरुले त्रिशुली नदी सफाइको महत्वका बारेमा मन्तब्य राख्नुभएको थियो ।
पूर्ण सरसफाइ अभियान, नुवाकोट कार्यक्रमका टिमलिडर चोकराज शाक्यले त्रिशुली नदी सफाइ अभियान कार्यक्रमको आवस्यकता, बर्तमान समस्या चुनौती र भावी रणनीतिको बारेमा जानाकारी गराउदै सहभागिहरुलाई स्वागत गर्नुभएको कार्यक्रम पुनर्जागरण समाज तथा डिकोन नेपालका जिल्ला कार्यक्रम संयोजक निमेश बोगटीले सञ्चालन गर्नुभएको थियो ।