व्यासमा पानी थप्न सर्भे हुँदै

🔗
1
Shares


तनहुँ : तनहुँको व्यास नगरपालिकाको भादगाउँ क्षेत्रको दीर्घकालीन खानेपानी समस्या समाधान गर्न मादी नदी लिफ्टिङ आयोजनाको सर्भे सुरु गरिएको छ । हालको पानीले मात्र बढ्दो जनसंख्यालाई धान्न नसकेपछि पहिलो चरणको ‘भिजिबिलिटी सर्भे’ पश्चात् व्यास नगरपालिका–४ स्थित करीब तीन किलोमिटर दूरीको मादी नदी किनारबाट पानी बोरिङ गरी लिफ्टिङ गर्न सर्भे थालिएको हो ।


हाल व्यास नगरपालिका–१ स्थित छाब्दी खोलाबाट दुई वटा बोरिङ गरी लिफ्टिङ र –१३ स्थित खिरखाँदी खोलाबाट ‘ग्रावेटी’ माध्यमबाट ल्याइएको पानी संकलन गरी भादगाउँ क्षेत्रमा पानी वितरण गरिदै आएको समितिका प्रबन्धक ईश्वर श्रेष्ठले जानकारी दिनभयो । खिरखाँदी खानेपानी आयोजनाको १७ करोड र छाब्दी खोलाबाट हालै पम्पिङ गरिएको योजना ६४ लाखमा सम्पन्न भएको हो । खिरखाँदी खोला सदरमुकाम दमौलीदेखि करिब १३ किलोमिटर दूरीमा पर्दछ ।


छाब्दी खोलाको दुई स्थानबाट बोरिङ गरी पम्पिङ गरिएको पानी प्रतिसेकेण्ड नौ लिटर र खिरखाँदी खोलाको प्रतिसेकेण्ड नौ लिटर गरी १८ लिटर प्रतिसेकेण्ड पानी संकलन हुँदै आएको छ ।
समितिले हाल चालू अवस्थाका तीन आयोजनाको पानीले व्यास नगरपालिका–१ भादगाउँस्थित २० टोलका दुई हजार २३७ घरमा पानीको धारा जडान गरी पानी वितरण गर्दै आएको छ ।
प्रबन्धक श्रेष्ठका अनुसार बस्ती बिस्तार हुँदै जान थालेपछि पानीको समस्या खड्किन थालेकाले दीर्घकालीन योजना सहित करीब ३० वर्षपछि सम्मका लागि खानेपानीको विकल्प खोजिएको हो ।

यस्तो बन्नेछ, नयाँ आयोजना


नयाँ आयोजना अन्तर्गत मादी नदी किनारमा दुई मोटर र दुई पाइप जडान गरी पम्पिङ गरिएको पानी ‘ट्रिटमेन्ट प्लान्ट’ मा राखेर वितरण गरिनेछ । उक्त आयोजनामा सरकारको ७० प्रतिशत, स्थानीय श्रमदान २० प्रतिशत र स्थानीयले १० प्रतिशत नगद बेहोर्नुपर्ने समितिका अध्यक्ष चिजबहादुर दरैले बताउनुभयो ।


उक्त आयोजनाको लागत करीब ३५ करोड रुपैयाँ छ । अध्यक्ष दरैले टेण्डर गरेको दुई वर्षभित्र आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको बताउनुभयो । निर्माणाधीन आयोजनाको प्रतिसेकेण्ड ३५ लिटर पानीको क्षमता रहेको बिन कन्सल्टेन्सीका इञ्जिनियर निर्जल ढकालले जानकारी दिनुभयो ।


अमिली भञ्ज्याङमा निर्माण गरिने रिजर्भ ट्यांकीबाट त्यस आसपासको बस्ती भदु्रडाँडा र गल्बुडाँडामा समेत खानेपानी सेवा उपलब्ध गराईने अध्यक्ष दरैले बताउनुभयो । नयाँ आयोजनाले नगरपालिका–१ वडाका सबै र १२ नं वडाको केही क्षेत्रलाई समेट्नेछ ।

पासको बस्ती भदु्रडाँडा र गल्बुडाँडामा समेत खानेपानी सेवा उपलब्ध गराईने अध्यक्ष दरैले बताउनुभयो । नयाँ आयोजनाले नगरपालिका–१ वडाका सबै र १२ नं वडाको केही क्षेत्रलाई समेट्नेछ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार