छाउगोठ भत्काउने क्रममा सर्प भेटियो

🔗
14
Shares

 

अछाम : अछाममा छाउगोठ भत्काउने क्रममा सर्प भेटिएको छ । मंगलसेन नगरपालिका–८ की धनसरा खनाल बस्ने गरेको छाउगोठ भत्काउने क्रममा सर्प भेटिएको हो । सोमबारस्थानीय जनप्रतिनिधि, प्रहरी पुग्नुअघि नै उहाँले छाउगोठ भत्काउने बेला छाउगोठबाट एक मिटर भन्दा पनि लामो सर्प निस्किएको हो ।

धनसरा दुई दिन अघि मात्रै त्यही गोठमा बस्नु भएको थियो । प्रहरीले भत्काउनु नभनेको भए अर्कोपटक पनि त्यही गोठमा बस्ने र सर्पले ज्यान लिन सक्ने उहाँले बताउनुभयो । ‘धन्न मेरो ज्यान जोगियो, प्रहरीले छाउगोठ भत्काइदियो भन्दै नराम्रो मानेका थियौं, यो त हाम्रै ज्यान जोगाउनका लागि रहेछ’ उहाँले भन्नुभयो ।

सोमबारसम्म मंगलसेन लगायत १० पालिकाका १८ सय छाउगोठ भत्काइएको प्रहरी प्रमुख दीपक भारतीले बताउनुभयो जिल्लाका सबै छाउगोठ माघ मसान्त सम्म भत्काउने पालिकाहरूले जनाएका छन् । पालिकाहरूले स्थानीयलाई सम्झाउँदै बुझाउँदै छाउगोठ भत्काउन थालेका हुन्।

जनप्रतिनिधिले छाउगोठमा बस्न बाध्य पार्नु कानुन विपरीत भएको भन्दै सचेत गराइरहेका छन्। छाउगोठ भत्काउन अटेर गरे कारबाही गर्न गृह मन्त्रालयबाट परिपत्र आएको प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार