इलाम : खानेपानी आयोजना बन्छन्, धारा ठडिन्छन्, दुई चार हजार पाइप लाइन विछ्याइन्छ, दुई चार वटा ट्याङ्की बन्छ । तर आयोजना समुदायलाई हस्तान्तरण गरेको केही समयपछि धाराबाट पानी झर्न छाड्छ । पहाडी भेगमा यस्तै नियति झेलिरहेका खानेपानी आयोजनाहरु भन्दा विल्कुलै फरक छ इलामको माईजोगमाई गाउँपालिका १ मा निर्मित नयाँ बजार – सङ्खाबुङ खानेपानी तथा सरसफाइ आयोजना ।
खानेपानीको योजना तर्जुमा, कार्यान्वयन र योजना सम्पन्न भएपछि पनि दिगोपनाका उपायहरु अपनाएका हुनाले नयाँ बजार – सङ्खाबुङ खानेपानी तथा सरसफाइ आयोजनाले अहिलेसम्म निरन्तर खानेपानी सेवा उपलब्ध गराईरहेको छ । आयोजनाले दिगोपनाका लागि अपनाउँदै आएको तरिकाबारे थाहा पाउन यो भिडियो रिपोर्ट हेर्नुहोस् ।