काभ्रेपलाञ्चोक : खानेपानीको अध्ययन भ्रमण गर्न आएको विद्यार्थीको टोलीले खानेपानीको मर्मत सम्भार कोषका लागि १० हजार रुपैयाँ प्रदान गरेका छन् । खानेपानी आयोजनाको अध्ययनका लागि धुलिखेल नगरपालिकाको वडा नं. २ देउरालीमा सञ्चालित देउराली खानेपानी तथा सरसफाइ आयोजनामा पुगेका अष्ट्रेलियाका विद्यार्थीहरुले उक्त रकम प्रदान गरेका हुन् । अष्ट्रेलियाको सिड्नी स्कुल अफ ल का प्राध्यापक डेभिड किन्लेले सहयोग रकम खानेपानी उपभोक्ता समितिका सचिव माधव सापकोटालाई हस्तान्तरण गर्नुभयो ।
भ्रमण टोलीमा काठमाण्डु युनिभर्सिटी स्कुल अफ ल का प्राध्यापक तथा विद्यार्थीहरु समेत सहभागी थिए ।
हेरौं भिडियो रिपोर्ट :


1123 पटक हेरिएको 

