बर्षा अघि नै खानेपानी आयोजना निर्माणको काम सम्पन्न गर्न मन्त्रालयद्वारा परिपत्र

🔗
4
Shares

विराटनगर : प्रदेश १ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले निर्माणाधीन खानेपानी आयोजना लगायत भौतिक पूर्वाधार निर्माणका कामहरु सुचारु गर्न परिपत्र गरेको छ । हाल निर्माणाधीन अवस्थामा रहेका आयोजनाहरु बर्षात अगाडि नै निर्माण सम्पन्न नभएमा बर्षातको बाढीले ठूलो क्षति हुने सम्भावना देखिएकाले आयोजना निर्माणको कामलाई सुचारु गर्न मन्त्री स्तरीय निर्णय गरी परिपत्र गरिएको हो । परिपत्रमा कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णय बमोजिमको प्रावधानहरुको पूर्णपालना गरी स्थानीय प्रशासन, स्थानीय पालिका र सुरक्षा निकायसँग समन्वय गरेर विकास निर्माणको आयोजनाहरु सञ्चालन गर्नु गराउनु भनिएको छ ।

गत चैत्र २० गतेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले विकास निर्माण आयोजनाहरु दैनिक अति आवश्यक उपभोग्य खाद्यवस्तु उत्पादन गर्ने उद्योगहरु, चिनी तथा चिया उद्योग, पशुपंक्षीको दाना उत्पादन गर्ने उद्योगहरु, इटाभट्टाहरु र जनक शिक्षा सामग्री केन्द्र आवश्यक शर्तहरु पालना गर्न गराउन लगाई सञ्चालन गर्न दिने निर्णय गरिएको थियो ।

परिपत्रमा भनिएको छ ‘भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, पूर्वाधार विकास कार्यालय, जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय र आवास, भवन तथा सहकारी विकास कार्यालयलाई गरिएको परिपत्रमा भनिएको छ ‘यस मन्त्रालय अन्तर्गतका विभिन्न निकायहरुबाट सञ्चालनमा रहेका पूर्वाधार सम्बन्धी संरचनाहरु जस्तै पुल, नदी नियन्त्रण, सिंचाइ, सडक, खानेपानी लगायतका आयोजनाहरु निर्माणाधनी अवस्थामा रहेका र सो संरचनाहरु बर्षात अगाडि निर्माण सम्पन्न हुन नसकेमा बर्षातको बाढीले ठूलो क्षति हुने सम्भावना देखिएको अवस्थालाई मध्यनजर गरेर …..’

भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा गरिएको परिपत्र हेर्नुहोस् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार