स्यानिटरी प्याड अभावमा समस्या झेल्दै अपाङ्गता भएका महिला, सहयोगको याचना


काठमाडौ : लकडाउनका कारण बाहिर निस्कन नपाउँदा अपाङ्गता भएका महिलालाई स्यानिटरी प्याड अभाव भएको छ । माकलबारी नेपाल अपाङ्गता महिला संघको होस्टेलमा बस्दै आएका ७ जना, जोरपाटीकै एक होस्टेलमा बस्दै आएका १९ जना अपाङ्गता महिलालाई प्याडको समस्या भएको हो ।

यस्तै भोइस अफ इक्वेल अपरच्युनिटी होस्टेल व्यासी भक्तपुरको होस्टेलका लागि १४ जना महिलाहरुलाई प्याडको आवश्यकता परेको र लकडाउनका कारण बाहिर निस्किन नपाउँदा समस्या भएको अस्मिता श्रेष्ठले जानकारी दिनुभयो । यस्तै कोटेश्वरमा पनि १६ जना महिलाहरुका लागि प्याडको आवश्यकता भएको र आफूहरुलाई सहयोग गरिदिन रमा ढकालले आग्रह गर्नुभयो ।

डेज फर गर्ल्स नेपालकी निर्देशक माया खैतुले प्याड आवश्यकता भएको बिषयमा आफूहरुलाई जानकारी भएको र आफूहरु प्याड दिन तयार रहेपनि गाडी चलाउने अनुमति नभएका कारण सम्बन्धित होस्टेल तथा आवश्यक परेका व्यक्तिहरुलाई पु¥याउन नसकेको वास खबरलाई जानकारी दिनुभयो ।

के ती महिलालाई प्याड सहयोग गर्न चाहनुहुन्छ ?

सोनिका ढकाल जोरपाटी १९ जना महिलाका लागि – ९८४१०७४५४५

कुन्ता श्रेष्ठ माकलबारी जोरपाटी ७ जना महिलाका लागि – ९८४९२६४९८३

अस्मिता श्रेष्ठ भक्तपुर ब्याँसी १४ जना महिलाका लागि – ९८६०१६१२८८

रमा ढकाल कोटेश्वर १६ जना महिलाका लागि – ९८४१३०००३१


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार