कविता : सेनिटरी प्याड

विनोद शर्मा ‘सानुभाई’

पुनः प्रयोग गर्न मिल्ने, सेनिटरी प्याड बनाऔं
रासायनिक पदार्थ हुन्न यसमा, स्वास्थ्यलाई जोगाऔं ।

फलाटिन वा सुति कपडाको, प्याड बनाउन मिल्छ
एक पटक बनाएको प्याड, एक वर्षलाई पुग्छ ।

कपडालाई दोबरी बनाई, प्याडको नक्सा राख्नु
चिनो लगाइ कपडालाई, मिलाएर काट्नु ।

सबैतिर सिलाउनु, त्यसपछि खल्ति हाल्नु
बटम लगाउनु त्यसमा, जतन गरी राख्नु ।

धेरै आकार प्रकारका, प्याड बनाउन मिल्छ
घरमै बनाएर लाउँदा, पैसाको बचत हुन्छ ।

एक मिटर कपडाले, ४ वटा प्याड बन्छ
प्रयोग गरेपछि धोएर, घाममा सुकाउनु पर्छ ।

प्याड प्रयोग गर्नु अघि, साबुन पानीले हात धुनु
प्रयोग गरेको प्याडलाई, ४÷४ घण्टामा फेर्नु ।

आफुले जानेको कुरा, अरुलाई पनि सिकाऔं
मर्यादित महिनावारीको, कुरा सबैलाई बुझाऔं ।

 

‘महिनावारीका कुरा, मर्यादा केन्द्रित भए मात्रै हुन्छ पुरा’
महिनावारी स्वच्छता व्यबस्थापन महिना (मे २०२०) को शुभकामना ।।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार