२ जना सफाइ कर्मचारी आईसोलेसनमा भर्ना

ललितपुर : ललितपुर महानगरपालिकाका दुईजना सफाइ कर्मचारीको आरडीटी रिपोर्ट पोजिटिभ आएपछि पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । महानगरपालिकाले शनिबार सरसफाइ क्षेत्रमा काम गर्ने तीन सय ३० जनाको कोरोना परिक्षण गरिएको थियो ।

२ सय ११ जनाको पीसीआर र १ सय १९ जनाको आरडीटी परिक्षण गर्दा ४८ र ५० वर्षीया महिलामा आरडीटी रिपोर्ट पोजेटिभ आएको र उनीहरुलाई पाटन अस्पतालको आइसोलेसनमा राखिएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार