काठमाडौं : नेपालमा ‘प्याडिलक्स’ ब्राण्डको नयाँ स्यानिटरी प्याड बजारमा आएको छ । अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा हेल्थ एन्ड हाइजिन प्रोडक्ट कम्पनीले सरकारले गरेको बन्दाबन्दीको पूर्ण पालना गरी अनलाइन माध्यमबाट उक्त नयाँ ब्रान्ड सार्वजनिक गरेको जनाएको छ।
मिस नेपाल २०१८ तथा महिला स्वास्थ्यकी अभियन्ता शृंखला खतिवडाले प्याडिलक्स ब्रान्डका स्यानिटरी प्याड सार्वजनिक गरेको कम्पनीले जनाएको छ। प्याडिलक्समा उच्च गुणस्तरको ‘जेल’, नरम र मुलायम सामग्री तथा चुहावट रोक्न ‘विंग्स’ प्रयोग गरिएको कम्पनीले जनाएको छ।
बजारमा प्याडिलक्स ‘प्याडिलक्स अल्ट्रा’, ‘प्याडिलक्स कम्फर्ट’ र ‘प्याडिलक्स रेगुलर’ गरी तीन भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ। २४० एमएम, २८० एमएम र ३२० एमएम गरी तीन वटा साइजमा पाइने प्याडिलक्सको बजार मूल्य ४० देखि १०० सम्म तोकिएको छ।
‘हामी नेपाली बजारमा थोरै पैसामा सर्वोकृष्ट कच्चा पदार्थबाट निर्मित विश्वस्तरीय स्यानिटरी प्याड उपलब्ध गराउन प्रतिबद्ध छौं । हामीलाई आशा छ, हाम्रा उत्पादनले भारत र चीन लगायतका मुलुकबाट हुने महँगा प्याडको आयातलाई घटाउनेछ’, हेल्थ एन्ड हाईजिन प्रोडक्ट प्रा। लि।का प्रमुख कार्यकारी अधिकृत राकेश लाहोतीले भन्नुभयो ।