महिनावारीका कुरा : परिवर्तन आफैबाट सुरु गर्नुपर्छ

शुक्ला सिम्खडा

एकादेशमा एउटा पिछडिएको गाउँ थियो । त्यो गाउँमा आफ्नै परम्परा र रितिरिवाजमा बसेको समाज थियो र त्यही पिछडिएको गाउँमा शुक्ला सिम्खडाको जन्म भयो । र उसको बाल्यकाल पनि त्यही बित्यो । उनी गाउँको परम्परामा हुर्किएकी थिइन् । जब उनको उमेर बढ्दै गयो उनी किशोरी अवस्थामा पुगिन् उनको महिनावारी सुरु भयो । महिनावारी नै के हो भन्ने कुरा थाहा नपाएकी उनले महिनावारी हुँदा के गर्नुपर्छ भन्ने उनलाई केही थाहा थिएन ।

उनी १३ बर्षकै उमेरमा महिनावारी भएकी थिइन् । महिनावारी भएको कुरा आफ्नो आमालाई भनिन् र आमलाई भनिसकेपछि आमाले उनलाई पातलो ओढ्ने र ओछ्याउने लुगा दिएर गोठमा बस्नुपर्छ भन्नने सुनेपछि छोरीलाई धेरै डर लाग्यो कहिले एक्लै नसुतेको अनि गोठमा एक्लै सुत्ने भन्दा उनलाई धेरै गाह्रो भयो । गाह्रो मानेर के गर्नु समाज नै यसरी चलेको थियो । उनी डर मान्दै ५ दिन सम्म त्यही गोठमा बिताईन् । महिनावारी सम्बन्धी उनलाई केही ज्ञान थिएन ।

उनी अध्यारो गोठमा बस्दै र परिवार भन्दा छुट्टै सुख्खा खाँदै गोठमा बस्दा सर्प किरा र पर पुरुषको डरै डरमा दिन अगाडि बढ्दै थियो । एक दिन उनले आमालाई सोधिन् आमा हामी सबै महिला महिनावारी हुँदा कि गोठमा बस्छौ र मलाई पनि तपाईले गोठमा बस्न किन सिकाउनु भयो ? अरुको भन्दा फरक खाना किन दिन्छन् भन्दा उनको आमाले भनिन छोरी यो पहिला देखि चलि आएको चलन हो र मेरो आमाले जे सिकाउनुभयो मैले त्यही सिके र समाजका महिलाले पनि त्यही सिके र हामीले जे पहिलाका महिलाले गरे त्यही नगर्दा देवी देवता रिसाउछन् दही, दुध खाँदा गाई, भैसी बाझिन्छन् भन्छन् पहिले देखि चलि आएको चलन हो । जे समाजले गर्छ हामीले पनि त्यही गर्नु पर्दछ भन्नुभयो ।

उनले पनि आमाको कुरालाई निरन्तरता दिदै गइन उमेर पनि बढ्दै गयो । त्यो कुरा मनमा खेलाउदै महिनावारी भएको समयमा सर्पले डसेर मरेका र अध्याँरो गोठमा गुम्सिएर मरेका घटना रेडियो बाट सुनिदै थिए । विस्तारै उनको शरिर परिपक्व भयो । र महिनावारीको विषयमा छलफलमा समावेश भइन र महिनावारी सम्बन्धी आफ्नो गाउँ समाजमा सिकाउनु भन्दा पहिला उनले आफ्नो व्यवहारमा परिवर्तन गर्नुपर्छ भन्ने प्रतिवद्व भइन् र आफै आफ्नो आमालाई महिनावारीको बारेमा सिकेका कुरा सिकाई र गोठमा बस्दा रोग लाग्ने किरा, सर्पको डरबाट बच्न घरको छुट्टै सुरक्षित कोठामा बस्ने र यो समयमा आराम र पोसिलो खानेकुरा खानुपर्छ भनेर आमालाई सम्झाइन र आफूले पनि पोषिलो खानेकुरा खाइन । र महिनावारी भएको समयमा प्याड लगाउने र सफा सँग धुने गरिन् ।

आज भोलि विभिन्न संघ संस्थाले दिएको महिनावारी शिक्षा तालिम लिनुका साथै समाज, साथी संगी र महिलाहरुलाई तालिम पनि दिने गर्छिन । अहिले महिनावारी भएको समयमा विद्यालय जाने किशोरी कार्यक्रममा जाने गर्छिन अनि अहिले भन्छिन् परिवर्तन गर्नु छ भने आफै बाट सुरु गर्नुपर्छ र समाजका दिदि बहिनी आमा पनि पहिलेको भन्दा धेरै परिवर्तन भएका छन् र आवश्य परिवर्तन हुन्छ । अहिले म महिनावारीलाई भित्रै देखि माया गर्छु । अरुलाई पनि माया गर्नुपर्छ भनेर भन्छु ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार