भीमदत्तमा दिसा प्रशोधन प्लान्ट बन्दै

महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिकामा दिसा प्रशोधन मेसिन जडान गरिँदैछ । नेपाल नगरपालिका संघको सहयोगमा भीमदत्तमा दिसा प्रशोधन मेसिन जडान गरिन लागेको हो । दिसा प्रशोधन गर्ने प्लान्ट निर्माणको लागि काम भइरहेको भीमदत्त नगरपालिकाले जनाएको छ । “प्लान्ट निर्माणको लागि आवश्यक पर्ने पौने एक बिगाहा जमिन लगभग उपलब्ध भएको छ । जमिनको समस्या हल हुनै लाग्दा बजेटको केही अभाव हुने अवस्था देखिएको छ ।” भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले भन्नुभयो ।

प्रदेश, केन्द्र लगायत संघसस्था सँग सहकार्य गरेर भएपनि प्लान्ट निर्माण गर्ने योजना रहेको उहाँले बताउनुभयो । प्लान्ट निर्माणका लागि प्राविधिक सहयोग भने नेपाल नगरपालिका संघको तर्फबाट भएपनि लगानी भने नगरपालिकाले गर्नेछ ।

नगरपालिकाले ७ करोड हाराहारी बजेट लाग्ने अनुमान गरेको छ । नगरपालिकाले अहिले भने दिसा निकाल्ने २ ओटा हनी सक्कर भने किनिसकेको छ । दिसा प्रशोधन कार्यलाई सहजता दिने केही पूर्वाधार नगरपालिकासँग रहेको र आवश्यक परे ती पूर्वाधारलाई थप्ने योजना बनाएको नगर प्रमुख विष्टले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार