बर्षासँगै उपत्यकामा खानेपानीको उत्पादन दोब्बरले बढ्यो

काठमाडौ : बर्षा बढेसँगै काठमाडौँ उपत्यकामा खानेपानीको उत्पादन दोब्बरले बढेको छ । बर्षात अघि दैनिक ९ करोड लिटर खानेपानीको उत्पादन गर्दै आएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० ले अहिले दैनिक १७ करोड लिटरसम्म पानी उत्पादन गरिरहेको छ । पानीको उत्पादन बढेपछि उपभोक्ताले समेत तीन/चार दिनकै अन्तरालमा खानेपानी पाईरहेका छन् ।

काठमाडौ उपत्यकामा बर्षौदेखि बसोबास गर्दै आएका केही नागरिकले कोरोना भाइरस संक्रमणको डरले काठमाडौ छाडेको र खानेपानीको आपूर्ति समेत बढेपछि काठमाडौ उपत्यकामा अहिले खानेपानीको त्यत्ति हाहाकार नभएको काठमाडौ महानगरपालिका ३१, नयाँ बानेश्वरका तीर्थ चौलागाईले बताउनुभयो ।

सुख्खा मौसममा दैनिक नौ करोड लिटर पानी उत्पादन भएको बेला नौ दिनकोे फरकमा पानी वितरण हुने गरेकामा अहिले तीन देखि चार दिनकै अन्तरालमा पानी वितरण भइरहेको केयुकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले जानकारी दिनुभयो । उहाँले खानेपानीको उत्पादन बढी भएको समयमा खानेपानीको आपूर्ति पनि त्यही दरमा भईरहेको बताउनुभयो ।

केयुकेएलले काठमाडौ उपत्यकाका विभिन्न ठाउँमा डिप बोरिङ तथा सतहको स्रोतकोे पानी सङ्कलन गरेर वितरण गर्दै आएको छ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना सम्पन्न भएपछि काठमाडौँ उपत्यकाको खानेपानीको समस्या समाधान हुने आशा गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार