काठमाडौ : महिनावारी, प्रजनन उमेर भित्रका महिलाहरुलाई हरेक २८ दिनको फरकमा हुने प्राकृतिक प्रक्रिया हो । तपाई हामीले चाहेर महिनावारी हुने वा बन्द हुने कुरा हुँदैन । यद्यपि महिनावारीलाई अझै पनि छुवाछुतको दृष्टिकोणले हेरिन्छ ।
देशका कतिपय ठाउँमा महिनावारी भएको समयमा अझै पनि घर भित्र बस्न पाउँदैनन् । दुध, दही, मही जस्ता तागतिला खानेकुरा खान पाउँदैनन् । महिनावारी भनेको के हो ? महिनावारी भएको समयमा महिलामाथि हुने भेदभाव तथा छुवाछुतको मुख्य कारण के हो ? के महिनावारी भएको समयमा केही कुराहरु बार्नुपर्छ ? सुनौं राधा पौडेल फाउण्डेशनकी कार्यक्रम संयोजक अनुपा रेग्मीसँग गरिएको छोटो कुराकानी ।


1090 पटक हेरिएको 

