
काठमाडौ : चर्पी कहाँ बनाउने भनेर निर्णय गर्दा ईनार र सतहमुनिको पानी दूषित नहुने कुरामा ध्यान दिनु पर्दछ । विभिन्न स्थानीय अवस्थाहरूका कारण सतह मुनिको पानी दूषित हुने खतरा हन्छ जस्तैः माटोको प्रकृति, त्यस क्षेत्रको चिसोपना, र भूमिगत पानीको गहिराइ । तर केही समान्य नियमको पालनाबाट भूमिगत पानीलाई सुरक्षित बनाउन सकिन्छ ।
खाडलको पिंध सतहमुनिको पानी भन्दा २.५ मिटर माथि हनुपर्दछ । यदि माटो भिजेको अवस्थामा तपाईले खाडल बनाउनु हुन्छ भने वा यदि खाडल पानीले भरियो भने त्यहाँ चर्पी बनाउनु राम्रो हुदैन । पानीको सतह सुख्खा याममा भन्दा वर्षा याममा धेरै माथि हुन्छ भन्ने कुरा सधै याद राख्नुहोस् । पानीको भेल आउने ठाउँमा खाल्डे चर्पी बनाउनु हुन्न । यदि खाल्डे चर्पीबाट भूमिगत पानी दूषित हुने खतरा रहन्छ भने सतहमाथि चर्पी बनाउनुहोस् (जस्तैः सुख्खा चर्पी) भूमिगत पानी ओरालो बग्छ । त्यसैले यदि त्यहाँ कुनै विकल्प हुँदैन तर यदि भूमिगत पानी दूषित हुनसक्ने ठाउँमा चर्पी बनाउनु पर्यो भने नजिकैको ईनारभन्दा ओरालोमा चर्पी बनाउनुहोस् ।
बन्द खाल्डे चर्पी
बन्द खाल्डे चर्पीबन्द खाल्डे चर्पीमा प्वाल भएको प्लेटफर्म हुन्छ र सो प्वाल (प्रयोग नहुँदा) छोप्न ढक्कन पनि हुन्छ । प्लेटफर्म काठ, कंक्रिट वा मुढाबाट बनाउन सकिन्छ र त्यसमा माटोले छोपिन्छ । कंक्रिट प्लेटफर्ममा पानी भित्र छिर्दैन त्यसैले धेरै वर्ष टिक्छ ।
बन्द खाल्डे चर्पीमा प्लेटफर्मलाई जोगाउन र खाल्डो भत्किनबाट जोगाउन सिमेन्टको गोलो बिम हुन जरुरी हुन्छ । हावा आवत जावत गर्ने सुधारिएको खाल्डे चर्पीमा गन्ध कम गर्न हावा जाने पाइप प्रयोग गरिन्छ ।
खाल्डो चर्पीको समस्या भनेको एकपटक खाल्डो भरिसकेपछि सो चर्पी प्रयोग गर्न सकिन्न । खाल्डोमा भरिएको फोहरबाट फाइदा लिन त्यहाँ रुखहरू रोप्ने । यसका लागि प्लेटफर्म, रिङ्ग, बिम, छेकबार हटाउने र फोहरलाई ३० सेन्टिमिटर र माटो र सुख्खा झारपातको मिश्रणले छोप्ने । फोहर थिग्रींन केही महिना छोड्ने र त्यहाँ माटोले भरिन दिने । त्यसपछि रुख रोप्ने । अर्को उपाय भनेको चर्पी प्रयोगमा हुँदाको बेला नै प्रशस्त माटो राख्दै जाने र २ वर्षसम्म फोहर कुहिन दिने । त्यसपछि यसलाई खनेर फोहर निकाली मलको रूपमा प्रयोग गर्नेर सो खाल्डो पुनः प्रयोग गर्ने । चर्पी वरपर खाल्डो वा केही काम गरिसकेपछि सँधै राम्ररी हात धुने ।
बन्द खाल्डे चर्पी बनाउन
१) १ मिटर चौडार २ मी. गहिरो खाल्डो खन्ने ।
२) खाल्डोको माथि वरपर ढुगां, कंक्रिट वा अन्य सामग्रीले लाइन बनाउने जसले प्लेटफर्मलाई थाम्नुका साथै खाल्डो भत्किनबाट जोगाउँछ । कंक्रिट रिङ्ग बिमले पनि राम्रो काम गर्छ।
३) खाल्डो माथि राख्न प्लेटफर्म र छेकबार बनाउने । कंक्रिट प्लेटफर्मले सबैभन्दा राम्रो काम गर्छ । तर स्थानीय सामग्रीहरू जस्तैः मुढो वा बाँस र माटोले पनि काम दिन्छ । यदि मुढोबाट प्लेटफर्म बनाउनुहुन्छ भने सजिलै नकुहिने काठको प्रयोग गर्नुहोस् ।


1275 पटक हेरिएको 

