छाउगोठहरु भत्काएपछि पत्रकार मेनुका ढुङ्गानाले देखेको समाज

 1197 पटक हेरिएको


काठमाडौ : महिनावारी भएको समयमा अलग्गै बस्न बनाईएका छाउगोठहरु भत्काउन गत साल गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दियो । जिल्ला प्रशासन कार्यालय, स्थानीय सरकार र प्रहरीको सक्रियतामा सुदुरपश्चिम र कर्णाली प्रदेशका हजारौं छाउगोठहरु भत्काईए । छाउगोठमा बस्ने र बस्न बाध्य बनाउने दुवैलाई तीन महिनासम्म कैद सजाय हुने कानुन पनि ल्यायो । सुदुरपश्चिम प्रदेशकै कतिपय स्थानीय तहलाई छाउगोठमुक्त स्थानीय तह पनि घोषणा गरिए । त्यत्तिबेला धमाधम छाउगोठहरु भत्काउँदा सरकारको कदमको चौतर्फी विरोध पनि भयो । तर यसको नतिजा विस्तारै देखिन थालेको छ । सुदुरपश्चिम प्रदेशबाट यस बिषयमा निरन्तर कलम चलाईरहनुभएकी पत्रकार मेनुका ढुङ्गाना यस अभियानलाई सकारात्मक अभियान ठान्नुहुन्छ ।

उहाँ भन्नुहुन्छ ‘कुनै पनि अभियान सुरु गर्दा शत प्रतिशत सफल हुन्छ भन्ने त छैन । तर मैले छाउपडी प्रथाको बिषयमा रिपोर्टिङ गर्दा यसलाई सफल अभियानको रुपमा लिएको छु । अछामको एउटा यस्तो भु भाग जहाँ पुग्न सदरमुकामबाट तीन चार दिन नै लाग्छ । त्यहाँका हरेक ठाउँ देवी देवताकै नामबाट राखिएको छ । त्यो ठाउँ हो बाराला । हामी पहिले पहिले त्यहाँ जाँदा तपाई छाउ हुनुभएको छ भने नआईदिनुहोस् भन्ने गर्नुहुन्थ्यो, त्यहाँका ठूलाबडा बुद्धीजीवी भनाउँदाहरु पनि । तर अहिले यस्तो परिवर्तन आएको छ कि, छाउपडी प्रथा अँगाल्नेलाई ३ हजार जरिवाना र ३ महिना जेल सजाय हुन्छ भने पछि अर्को पटक सिडिओ साव सहितको टोली त्यहाँ पुग्दा ९० प्रतिशत महिलाहरुलाई घरमा राखेको पाईयो । धामी झाँक्री भएको घरमा समेत हाम्रा छोरी बुहारीहरुलाई यता राख्छौं भनेर ठाउँ पनि देखाउनुभयो । अब यो अभियान सफल हुन्छ भन्ने मलाई लागेको छ ।’

छाउगोठहरु भत्काएपछि त्यसभेगका महिलाहरुको अवस्था, छाउगोठमुक्त समाज स्थापनाका लागि स्थानीय सरकारले देखाएको सक्रियता र कानुन कार्यान्वयनको अवस्थाका बिषयमा हामीले उहाँसँग कुराकानी गरेका छौं ।

सुनौं यो अडियो

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार