स्कटल्याण्ड सरकारद्वारा देशभित्रका सबै महिलालाई स्यानिटरी प्याड निशुल्क दिने निर्णय

स्कटल्याण्ड सरकारले स्यानिटरी प्याड लगायत सरसफाइका सामानहरु सित्तैमा दिने भएको छ । स्यानिटरी प्याड निशुल्क उपलब्ध गराउने निर्णयमा पुग्नु अघि यसबारे संसदमा मतदान गरिएको थियो। संसदमा भएको मतदानबाट महिलाका पक्षमा ब्यापक समर्थन आएपछि स्यानिटरी प्याड लगायत सरसफाइ सामग्री निशुल्क प्रदान गर्ने निर्णय गरेको हो ।

स्कटल्याण्ड संसदले यस सम्बन्धि ऐन मंगलवार पास गरेको छ । संसदले यस सम्बन्धी ऐन पारित गरेपछि खुशी व्यक्त गर्दै प्रधानमन्त्री निकोला स्टुर्गनले खुशी ब्यक्त गर्दै महिलाहरुको पक्षमा क्रान्तिकारी नियम ल्याएको बताएका छन् । महिलाहरुलाई महिनावारी हुँदा चाहिने सामान निशुल्क उपलब्ध गराउने संसारकै पहिलो मुलुक बनेको समेत उनले प्रतिक्रिया दिएका छन् ।

संसदका सबै दलका १२१ जना सदस्यहरुले महिलाहरुलाई यो सुविधा दिने पक्षमा मतदान गरेका थिए । लेवर पार्टीकी सांसद मोनिका लेननले सबै संसद सदस्यहरुको सर्वसम्मतिमा महिलाहरुको स्वास्थ्य सुरक्षित गर्ने पक्षमा भोट हालेको र यो ऐतिहासिक कदम भएको प्रतिक्रिया दिएका छन् ।

देशैभरिका महिलाहरुलाई यो सुविधा दिँदा वर्षमा लगभग ९७ लाख पाउण्ड खर्च हुने अनुमान गरिएको छ । यो ऐन पारित भएसँगै अब स्कूल, कलेज, सरकारी तथा गैर सरकारी कार्यालय पायक पर्ने ठाउँ, धेरै मानिस भेला हुने ठाउँहरुमा स्यानिटरी प्याड लगायत अरु सरसफाइका सामानहरुको बन्दोबस्त सरकारले गर्नेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार