रानीपोखरीको सरसफाइ गरियो

 294 पटक हेरिएको


काठमाडौ : रानीपोखरी भित्र फैलिएको लेउ सफाइ गरिएको छ । नगर प्रहरीहरुले रानीपोखरीको सफाइ गरिएको हो । केही समय अघि मात्रै पुनर्निर्माण सकिएको रानीपोखरीमा लेउ लागेर कुरुप बनेपछि नगर प्रहरीले पोखरीको सफाइ गरिएको हो ।

समय समयमा सरसफाइ नहुँदा पोखरीमा लेउ र फोहर जम्मा भएको थियो । सामाजिक सञ्जालहरुमा समेत यसको व्यापक विरोध हुन थालेपछि महानगर प्रहरीले जाल प्रयोग गरी पानी माथिको लेउ हटाईएको हो । नगर प्रहरीले पनि पानीमाथि तैरिरहेको लेउ मात्र निकालेको र जरैबाट लेउ निकाल्न धेरै गाह्रो भएको सफाइमा खटिएका नगर प्रहरीले बताएका छन् । अहिले त्यस किसिमको उपकरण पनि नभएकाले लेउ सफा गर्न समस्या भएको प्रहरीहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार