काठमाडौ : खानेपानी मन्त्रालयले चालु आर्थिक बर्षको पुस मसान्तसम्म गरेको मुख्य मुख्य कामको विवरण प्रकाशन गरेको छ । सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५ (३) र सूचनाको हक सम्बन्धी नियमावली २०६५ को नियम ३ बमोजिम पुस मसान्तसम्मको कामको मुख्य मुख्य विवरण समेटी मन्त्रालयले वेभसाइटमा प्रकाशन गरेको हो ।
मन्त्रालयले प्रकाशन गरेको समष्टिगत प्रगति सारांशमा चालु आर्थिक बर्षको प्रथम चौमासिक अवधिमा ७८.२ प्रतिशत भौतिक प्रगति भएको र ३६.४ प्रतिशत वित्तिय प्रगति भएको उल्लेख छ । प्रथम चौमासिक अर्थात गत कार्तिक मसान्तसम्मको बजेट ८ अर्ब ४१ करोड ३१ लाख २ हजार थियो । ती मध्ये ३ अर्ब ६ करोड ३२ लाख ४३ हजार रुपैयाँ खर्च भएको जनाएको छ ।
यस्तै निकायगत प्रगति ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) को सबै भन्दा उच्च देखिएको छ । फण्डबोर्डले प्रथम चौमासिक अवधिमा ९२ प्रतिशत भौतिक प्रगति र १०.९४ वित्तिय प्रगति हासिल गरेको छ ।
हेरौं कुन निकायको प्रगति कति ?

खानेपानी मन्त्रालयले पुस मसान्तसम्म सम्पन्न गरेको कामको विवरण हेर्न यो लिङ्कमा क्लिक गर्नुहोस् ।


1825 पटक हेरिएको 

