स्रोत पर्याप्त नभए स्थानीय र प्रदेश सरकारले यसरी सहलगानी गर्न सकिने (आवेदनको ढाँचा सहित)

🔗
97
Shares

काठमाडौ : स्थानीय तथा प्रदेश सरकारले संघीय संरकारसँग सहलगानी गरी आफ्नो क्षेत्रमा विभिन्न विकासका कार्यक्रमहरु सञ्चालन गर्न सकिने भएको छ । अर्थमन्त्रालयले आर्थिक बर्ष २०७७/०७८ का लागि सहलगानीमा सञ्चालन गरिने आयोजना पेश गर्न प्रदेश तथा स्थानीय तहका लागि सूचना समेत जारी गरिसकेको छ ।

अर्थमन्त्रालयले स्थानीय तथा प्रदेश सरकारलाई सहलगानी गर्न यही माघ २१ गते सूचना जारी गरेको हो । सहलगानीका कार्यक्रमहरु प्रस्ताव गर्न यही फागुन १५ सम्मको समय निर्धारण गरेको छ । यसका लागि सहलगानीमा सञ्चालन गरिने आयोजनाको विवरण भरेर फागुन १५ भित्रमा पठाउनुपर्नेछ ।

सहलगानीका क्षेत्रहरु, सहलगानीमा सञ्चालन गरिने आयोजनाहरुको विवरण भरेर अर्थमन्त्रालयमा पठाउन चाहनुहुन्छ भने तल दिईएको लिङ्क क्लिक गरी पूरा विवरण हेर्न सक्नुहुन्छ ।

https://mof.gov.np/en/2021/02/03/news/—-..————/2384/


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार