ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रको पूर्वाधार निर्माणका लागि ६ करोड दिने मेयर शाक्यको प्रस्ताव, आज पनि छलफल गरिने

काठमाडौ : काठमाडौँ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले सिसडोल ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्र नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेँसी गाउँपालिकाको पुर्वाधार विकासका लागि आगामी आर्थिक वर्षको बजेटमा ३र३ करोड रुपैयाँ व्यवस्था गर्ने प्रस्ताव गर्नुभएको छ । प्रभावित क्षेत्रको जनप्रतिनिधि र स्थानीय सहित बुधबार भएको छलफलमा मेयर शाक्यले पूर्वाधार निर्माणका लागि रकम विनियोजनका साथै शिक्षक मागका सम्बन्धमा तत्काल प्रक्रिया थालनी गर्ने, प्रभावित क्षेत्रमा १५ बेडको अस्पताल सञ्चालनका लागि पुर्वाधार निर्माण गर्ने, १५ वटा बेड र चार जना डाक्टरका लागि आवश्यक रकम सहयोग गर्ने बताउनुभयो ।

फोहोरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन संघर्ष समितिले शिक्षक दरबन्दी पूर्ति लगायतका माग राखेर चैत १३ गतेदेखि फोहोर व्यवस्थापनमा अवरोध गर्दै आएका छन् । स्थानीयका समस्या सुनेर समाधानको प्रयास गर्दै हिजो बुधबार बार्ता भएको हो । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले करीब ५ घण्टा छलफल गर्नुभएको थियो । छलफललाई टुङ्गोमा पु¥याउन आज १ बजेबाट छलफललाई निरन्तरता दिइने उहाँले बताउनुभयो ।

प्रभावित क्षेत्रमध्ये ककनी गाउँपालिकाका लागि यस अघि एम्बलुलेन्स उपलब्ध गराइस किएको छ । अब धुनिवेँसी नगरलाई अर्को एम्बुलेन्स खरिद गरेर दिन्छौंँ । यस अघि एउटा एम्बुलेन्स ललितपुर महानगरपालिकाले खरिद गरिदिने भने पनि अहिलेसम्म प्राप्त नभएको स्थानीयले बताएपछि स्थानीयबासीका समस्या व्यवस्थापनका लागि आफूहरु संवेदनशील रहेको बताउँदै भन्नुभयो ‘प्रभावित क्षेत्रका विद्यालयहरुमा आवश्यक तहगत र विषयगत ५१ जना शिक्षकको दरबन्दी पूरा गर्ने सन्दर्भमा नेपाल सरकारबाट स्थायी पदपूर्ति गरेपछि स्वतः हट्ने गरी तत्कालका लागि करारमा शिक्षक नियुक्त गरिनेछ । यसका लागि हामी अनुदान रकम उपलब्ध गराउँछौंँ । सम्बन्धित पालिकाले प्रक्रिया अगाडि बढाउनुहुन्छ ।’

 

छलफलका क्रममा प्रदेश सभा सदस्य मैनालीले भन्नुभयो, ‘बैज्ञानिक ढंगले फोहोर व्यवस्थापन गर्ने कुरालाई राज्य र महानगरपालिकाले पनि योजनावद्ध ढंगले नसोच्ने हो भने समस्या समाधान हुँदैन । प्रभावित क्षेत्रका जनताको शिक्षा, स्वास्थ्य र रोजगारीको लागि राज्यले कन्जुस्याईँ गर्नु हुँदैन ।’

बञ्चरे डाँडा र कुँडुलेलाई केन्द्र मानेर मापदण्डका आधारमा वरिपरि निश्चित दुरीभित्र पर्ने व्यक्तिका जग्गा अघिग्रहण गर्नुपर्ने, फोहोर वैज्ञानिक व्यवस्थापन, ओखरपौवा ल्याण्डफिल साइटको पोष्ट क्लोजरको योजना, स्थानीय पूर्वाधार, स्वास्थ्य र शिक्षा क्षेत्रको प्रवर्धनका लागि सहयोगजस्ता विषय छलफलका मुख्य विषय हुन् ।

ककनी गाउँपालिकाका अध्यक्ष लामाले फोहोर विसर्जनमा अवरोध गर्नु आफूहरुको बाध्यता भएको बताउनुभयो । ‘हामीलाई पनि फोहोर रोक्न मन छैन,’ लामाले भन्नुभयो, ‘हाम्रा जायज माग सम्वोधन गर्नुहोस । फोहोर विसर्जनमा अवरोध हुँदैन । काठमाडौँका मात्रै जनता हुन् सिसडोल प्रभावित क्षेत्रका जनता नै होइनन् भन्ने ढंगले राज्यले बुझ्नु भएन । यहाँका जनताको मानवअधिकार हनन हुनुभएन भन्ने मात्रै हाम्रो भनाई हो ।’ यसै गरी उपाध्यक्ष सीता लामाले फोहोर व्यवस्थापनको विकल्प खोज्नुपर्नेमा जोड दिदैँ राज्यले दमन गरेर फोहोर विसर्जन गर्नेमा भन्दा पनि स्थानीयका माग पूरा गरेर सहमतिमा अघि बढ्नु पर्नेमा जोड दिनुभयो । छलफलका क्रममा अधिकार सम्पन्न समिति गठन हुनुपर्नेलगायतका माग अघि सारिएको थियो ।

त्यस क्रममा बोल्दै धुनिबेँसी नगरपालिका वडा १ का अध्यक्ष चन्द्रबहादुर तामाङ्, ककनी गाउँपालिका वडा १ का अध्यक्ष चन्द्रबहादुर लामा, वडा २ का अध्यक्ष केदार पौडेल, वडा ३ का अध्यक्ष घननाथ बजगाइँ, संघर्ष समितिका संयोजक अनिश ढुङ्गाना, राजनीतिक प्रतिनिधिहरु राममणि घिमिरे, नरेन्द्र फुयाँललगायतले धारणा राख्दै, विगतमा पटक–पटक गरिएका सम्झौता कार्यान्वयनमा ढिलासुस्ती हुने गरेको भन्दै नुवाकोटका सबै दलका शीर्ष नेतालाई साक्षी राखेर मात्र अबको सहमति गरिनेमा जोड दिनुभएको थियो ।

बञ्चरे डाँडा र कुँडुलेलाई केन्द्र मानेर मापदण्डका आधारमा वरिपरि निश्चित दुरीभित्र पर्ने व्यक्तिका जग्गा अघिग्रहण गर्नुपर्ने, फोहोर वैज्ञानिक व्यवस्थापन, ओखरपौवा ल्याण्डफिल साइटको पोष्ट क्लोजरको योजना, स्थानीय पूर्वाधार, स्वास्थ्य र शिक्षा क्षेत्रको प्रवर्धनका लागि सहयोगजस्ता विषय छलफलका मुख्य विषय हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार