काठमाडौको सडकमा थुप्रियो फोहोर, सिसडोलका प्रभावितसँग आज पनि छलफल गरिने

काठमाडो : फोहोरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन संघर्ष समितिले शिक्षक दरबन्दी पूर्ति लगायतका माग राखेर फोहोर व्यवस्थापनमा अवरोध पुर्‍याएपछि काठमाडौको फोहोरमैला व्यवस्थापन प्रभावित भएको छ । चैत १३ गतेदेखि फोहोर व्यवस्थापनमा अवरोध गरेपछि काठमाडौको सडक तथा गल्ली गल्लीमा फोहोर थुप्रिएको छ । समस्या समाधानका लागि काठमाडौ महानगरपालिकाले प्रभावितसँग छलफल गरे पनि अझै निष्कर्षमा पुगेको छैन ।

प्रभावित क्षेत्रको जनप्रतिनिधि र स्थानीय सहित बुधबार छलफल गरिएको थियो । छलफल आज पनि जारी राखिने काठमाडौ महानगरपालिकाले जनाएकोछ । हिजो भएको छलफलमा काठमाडौँ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले सिसडोल ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्र नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेँसी गाउँपालिकाको पुर्वाधार विकासका लागि आगामी आर्थिक वर्षको बजेटमा ३र३ करोड रुपैयाँ व्यवस्था गर्ने प्रस्ताव गर्नुभएको थियो।

मेयर शाक्यले पूर्वाधार निर्माणका लागि रकम विनियोजनका साथै शिक्षक मागका सम्बन्धमा तत्काल प्रक्रिया थालनी गर्ने, प्रभावित क्षेत्रमा १५ बेडको अस्पताल सञ्चालनका लागि पुर्वाधार निर्माण गर्ने, १५ वटा बेड र चार जना डाक्टरका लागि आवश्यक रकम सहयोग गर्ने बताउनुभयो ।छलफललाई टुङ्गोमा पु¥याउन आज १ बजेबाट छलफललाई निरन्तरता दिइने काठमाडौ महानगरपालिकाका मेयर शाक्यले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार