
काठमाडौं : नेपाली सेनाको हिमाल सफाइ अभियान २०२१ को टोलीले धौलागिरि हिमालमा दुर्घटनाग्रस्त हेलिकप्टर र दुईवटा मानव अवशेष फेला पारेको छ । टोलीले धौलागिरि आधार शिवरमा दुई मानव अवशेष र १५ बर्ष अघि दुर्घटना भएको हेलिकप्टरको भग्नावशेष फेला पारेको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिनुभयो ।
दुर्घटनाग्रस्त हेलिकप्टर सन् २००६ मा धौलागिरि हिमाल क्षेत्रमा दुर्घटना भएको एयर डाइनेस्टीको नाइन एन एसीआर कल साइन भएको हेलिकप्टरको भग्नावशेष हुन सक्ने नेपाली सेनाले जनाएको छ । २०७८ वैशाख १२ गतेबाट फोहोर सफाइ गर्न थालेको नेपाली सेनाले चार दिनको अवधिमा ३ सय ५५ किलो कुहिने र ४ हजार ७ सय ९९ किलो नकुहिने फोहोर गरी ५ हजार १ सय ५४ किलो फोहोर संकलन भएको नेपााली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सेनाले सगरमाथा सहित ६ वटा हिमालमा सफा हिमाल अभियान २०२१ सञ्चालन गरिरहेको छ ।
हेरौ नेपाली सेनाले जारी गरेको सूचना



1443 पटक हेरिएको 

