तनहुँका जंगलैभरि कृत्रिम पोखरी, मुहान संरक्षणमा सघाउ, वन्यजन्तु मानव बीचको द्वन्द्व पनि कम

तनहुँ : तनहुँको जंगल क्षेत्रका विभिन्न ठाउँमा कृत्रिम पोखरी निर्माण गरिएका छन् । तनहुँको भानु नगरपालिकामा १५, वटा भिमाद नगरपालिका, गाउँपालिकाहरु बन्दीपुर र देवघाटमा एक एक वटा पोखरी निर्माण गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । पोखरीका लागि वन डिभिजन कार्यालयले १२ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो । कार्यालय प्रमुख काफ्लेका अनुसार भानुमा १२ वटा पोखरी निर्माणको लागि अनुदान दिईएको भएपनि स्थानीय वासिन्दाले जनश्रमदान गरि तीन वटा थप पोखरी निर्माण गरेका छन् ।

डिभिजन वन कार्यालय तनहुँद्धारा मुहानको संरक्षण तथा पोखरी निर्माण गरिएपछि वन्यजन्तुलाई जङ्गलमै भुलाउन मद्दत पुगेको प्रमुख काफ्ले जानकारी दिनुभयो । यसले मानिस र जंगली जनावर बीचको द्वन्द्व व्यवस्थापनमा सहज भएको छ भने खानेपानीको मुहान संरक्षण हुने, जमिन मुनिको पानी रिचार्ज भई मुहान नसुक्ने जस्ता सकारात्मक प्रभाव देखिन थालेका छन्। चालु आर्थिक वर्षमा १८ वटा पोखरी निर्माण गरिएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।

मानिस र जंगली जनावर बीच द्वन्द्व व्यवस्थापनमा सहज

तीन वर्षमा नरभक्षी चितुवाको आक्रमणबाट तनहुँमा १० बालबालिकाको मृत्यु भएको छ । आक्रमणबाट नौ जना घाइते भएका छन् । यो क्रम बढ्न थालेपछि वन कार्यालयले चितुवाको आक्रमणबाट जोगाउने उपाय अवलम्बन गर्न थालिएको हो । । कार्यालयका अनुसार चितुवा प्यास मेटाउन बस्तीमा पस्ने चितुवाले आक्रमण गरिरहेको निष्कर्ष निकाल्दै जङ्गलमै पोखरी निर्माण गर्न थालिएको हो ।

काफ्लेका अनुसार जङ्गलमा पानीको स्रोत नभएकाले चितुवा पानी खोज्दै बस्तीतिर आउने गरेको छ । ‘ वनमा पोखरी नहुँदा पानी खोज्दै चितुवा नजिकको बस्तीमा जाने त्यतिवेला मान्छेमाथि आक्रमण गरेकाले निसानामा बालबालिका पर्न थालेका हुन् ।

जङ्गलमा निर्माण गरिएको पोखरीले मानव र वन्यजन्तुबीचको द्वन्द्व कम गर्न सघाउ पुगेको छ । जङ्गलमा पोखरी निर्माण गरिएका क्षेत्र आसपासको बस्तीमा हाल जङ्गली जनावर र मानव बीचको द्वन्द्व कम भएको छ । ‘वन क्षेत्रमै पानी पाएपछि क्षेत्रका वस्तीमा अहिले जङ्गली जनावरले दुःख दिएको छैन रामवाण जस्तै बन्न पुगेको छ पोखरी’’ डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले भन्नुभयो ।’

काफ्लेका अनुसार पोखरी निर्माण गरिएपछि त्यस क्षेत्रमा यस वर्ष जङ्गलमा आगलागी समेत भएको छैन, चराचुरुङ्गीले प्यास मेटाउन पाएका छन् भने हरियालीमा वृद्धि हुँदा घाँस खाएर बाच्ने प्रजातिका जनावरको आहार व्यवस्थापनमा सहज भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार