सरसफाइ र जलवायु परिवर्तन सम्बन्धी अनुसन्धानात्मक परियोजना सुरु

🔗
96
Shares

काठमाडौ : नेपालमा जलवायु परिवर्तन र सरसफाइ सम्बन्धी अनुसन्धानात्मक परियोजना सञ्चालनमा आएको छ । विश्वको ४ देशमा सुरु भएको यो परियोजना नेपालमा काठमाडौ विश्वविद्यालयले कार्यान्वयनमा ल्याएको हो । Climate Change and Sanitation : Accessing resilience and mitigation (SCARE) नाम दिईएको यस अनुसन्धानात्मक परियोजनाले सरसफाइको वातावरण अनुकुलन क्षमताको मापन र हरित गृह ग्यासको फिल्ड मूल्याङ्कन गर्नेछ । यसका लागि परियोजना सञ्चालित जिल्लाको १४ वटा नगरपालिकाका ३३ वटा स्थलगत सरसफाइ प्रणाली (अनसाईट स्यानिटेसन सिस्टम) को वातावरण अनुकुलन क्षमता मापन गर्नुका साथै उत्सर्जन हुने हरित गृह ग्यासको २ बर्षसम्मको आँकडा लिईनेछ ।

३ बर्षसम्म सञ्चालन हुने यो परियोजना पश्चात सरसफाइको क्षेत्रबाट उत्सर्जन हुने हरित गृह ग्याँसमा सुधार ल्याउन, सरसफाइको उपयुक्त प्रविधिको छनौट गरी हरित गृह ग्यास उत्सर्जनमा कटौती गर्न र सरसफाइका राष्ट्रिय नीतिहरु पुनरावलोकनका लागि सुझावहरु पेश गर्न सकिने अपेक्षा गरिएको छ ।

यो परियोजना दक्षिण एसियामा नेपाल, पूर्वी अफ्रिकामा इथोपिया र युगान्डा तथा पश्चिम अफ्रिकाको सेनेगलमा यो परियोजना सञ्चालित छ ।

कार्यक्रमबारे जानकारी गराउन हालै सरोकारवाला निकायहरुसँग भर्चुअल बैठक समेत सम्पन्न गरिएको छ । खानेपानी मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, ग्रीन ग्रोथ ग्लोबल इन्स्टिच्यूट नेपाल र काठमाडौ विश्व विद्यालयले संयुक्त रुपमा भर्चुअल बैठक आयोजना गरिएको परियोजनाका को अर्डिनेटर अनिस घिमिरेले जानकारी दिनुभयो । भर्चुअल बैठकमा विभिन्न सरकारी तथा गैरसरकारी संस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, निजी क्षेत्र तथा विषय विज्ञ गरी करिब ५० जनाको सहभागिता थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार