६ ओटा हिमालबाट सेनाले उठायो साढे २७ हजार किलो फोहोर, २५ हजार किलो रिसाइकल गरिने

काठमाडौ : नेपाली सेनाले ६ ओटा हिमालबाट २७ हजार ६७१ किलो फोहोर उठाएको छ । ‘सफा हिमाल अभियान–२०२१’ अन्तरगत सेनाले सर्वोच्च शिखर सगरमाथा सहित ल्होत्से, मकालु, धौलागिरी, पुमोरी र आमादब्लम हिमालबाट यत्ति धेरै फोहोर संकलन गरिएको हो ।

संकलित २७ हजार ६७१ किलो फोहोर मध्ये २ हजार ५०५ किलो कुहिने फोहोर स्थानीय तहलाई हस्तान्तरण गरिएको छ भने २५ हजार १६६ किलो नकुहिने फोहोर ‘रिसाइकल एजेन्सी’लाई हस्तान्तरण गरिएको नेपाली सेनाले जनाएको छ ।

अभियानकै दौरानमा सेनाले धौलागिरि हिमालको आधार शिविरमा २ वटा र सगरमाथा हिमालको क्याम्प ४ मा २ गरी ४ वटा शव फेला परेको थियो । उक्त शवहरु उचित व्यवस्थापनको लागि सम्बन्धित अधिकारीहरुलाई बुझाइएको सेनाले जनाएको छ । सेनाले २०७७ चैत ३१ गतेबाट २०७८ जेठ १५ गतेसम्म ‘सफा हिमाल अभियान–२०२१’ सञ्चालन गरेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार