घरबाट फोहोर ननिकाल्नू : काठमाडाैं महानगरपालिका

काठमाडौं : काठमाडौं महानगरपालिकाले नगरबासीलाई घरबाहिर फोहोर ननिकाल्न आग्रह गरेको छ । केही दिनयता देशको संघीय राजधानी काठमाडौंमा फोहोर उठाउन समस्या झैल्दै आएको नगरपालिकाले फोहोर ननिकाल्न सूचना मार्फत आग्रह गरेको हो । फोहोर व्यवस्थापनमा पटक(पटक समस्या झेल्दै आएको महानगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै उपत्यकाको फोहोर विसर्जन स्थलसम्म पुग्ने सडक बिग्रिएकाले फोहोर घरबाट बाहिर ननिकाल्न आग्रह गरेको हो ।

‘ल्यान्डफिल्ड साइटको सडक केही दिनदेखि परेको अविरल वर्षाका कारणले बिग्रिन गई फोहोर विसर्जन गर्न नसकिएको महानगरले जनाएको छ । केही समयका लागि फोहोर ननिकाली दिनुहुन अपिल गर्दछौँ,’ महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

ल्यान्डफिल्ड साइट सञ्चालनमा आएपछि मात्रै फोहोर उठाउन घरदैलोमा आउने महानगरले जनाएको छ । महानगरले फोहोर नउठाएपछि काठमाडौंका सडकका छेउ(कुना र चोक चोकमा फोहोर थुप्रिन सुरु भएको छ ।

काठमाडौं उपत्यकाको फोहोरमैला नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ स्थित सिस्डोलमा रहेको ल्यान्डफिल्ड साइटमा विसर्जन गर्ने गरिएको छ । बन्चरेडाँडामा निर्माणाधीन स्यानिटरी ल्याण्डफिल साईट समेत निर्माण सम्पन्न नहुँदा काठमाडौको फोहोर व्यवस्थापनमा समस्या हुँदै आएको छ ल्यान्डफिल्ड साइट जाने सडक बिग्रेका कारण । फोहोर विसर्जन गर्न समस्या भएको महानगरपालिकाको भनाइ छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार